लायन्स क्लब इन्टरनेसनल डाइरेक्टरमा लायन खगेन्द्र सिटौलाको माहोल बलियो

लायन्स क्लब इन्टरनेसनल डाइरेक्टरमा लायन खगेन्द्र सिटौलाको माहोल बलियो

कपन अनलाइन

काठमाडौं जेठ २० ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ मल्टिपल कन्भेन्सनमा इन्टरनेसनल डाइरेक्टरमा लायन खगेन्द्र सिटौलाको पक्षमा माहोल बन्दै  गएको उनि निकटहरुले  दाबी गरेका छन ।

सामाजिक तथा मानवीय सेवामा क्रियाशील लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते हुँदैछ । कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर पनि छनोट हुनेछ।  इन्टरनेशनल डाइरेक्टरमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५  ए १ बाट लायन खगेन्द्र सिटौलाले   उम्मेदवारी दिएका छन भने  उनीसँग मैदानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ बाट बालकृष्ण बुर्लाकोटी प्रतिस्पर्धामा उत्रेका छन।

भर्चुअल माध्यमबाट हुने उक्त सम्मेलनमा दुवै उम्मेदवारहरुले सम्पूर्ण नेपाली लायन्सहरुलाई आफ्नो पक्षमा मतदान गर्न  अनुरोध  गर्दै आएका सिटौलाले अन्तराष्ट्रिय डाइरेक्टर पदमा उम्मेदवारी दिएसँगै उनको सहज जितको अपेक्षा सहित सामाजिक सञ्जालमा शुभकामना दिनेको अहिले  ओइरो नै लागेको छ ।

कोरोनाको विषम परिस्थितिले गर्दा  भौतिक रुपमा  उपस्थित भइ कार्यक्रम गर्न नसके पछि अहिले बिभिन्न माध्यम बाट उनको  समर्थनमा भोट अपिल गर्दै समाजिक संजालका भित्ताहरु रंगिएका छन ।

लायन्स क्लव अन्तराष्ट्रिय ३२५ ए २ बाट लायन्स शम्भु घिमिरे इन्टरनेसनल डाइरेक्टर पदको उम्मेदवारका लागि  र्निविरोध निर्वाचित भए पनि मल्टीपलमा घिमिरेले  उम्मेदवारी फिर्ता लिएर  सधै नेपाल लायन्स आन्दोलनलाइ एकताबद्द बनाउदै अन्तर्राष्ट्रिय मंचमा समेत एकताबद्द भएर जानु पर्ने धारणा सार्वजनिक गरेका छन।

उनले सन् २०१४ मार्च २० मा तात्कालिक नेतृत्व र समस्त उम्मेदवारहरु बिच बृहत सहमति भई एकल, राष्ट्रिय उम्मेदवारका रुपमा ३२५ बि२ का लायन संजय खेतानलाई नेपालबाट पठाउने र भविष्यमा समेत ३२५ ए र ३२५ बि तर्फबाट पालैपालो रुपमा योग् ,अनुभवी र अन्तर्राष्ट्रिय सम्बन्ध स्थापित गर्न सफल ब्यक्तिलाई उम्मेदवारका रुपमा नेपालबाट पठाउने भद्र सहमति भएको स्मरण समेत  गरेका छन । उनले उम्मेदवारी फिर्ता लिए संगै अहिले बाकि  दुवै उम्मेदवारहरुले प्रचार प्रसार तिब्र बनाएका छन।

नेपाली  लायनवादको आन्दोलनमा  सफल लिडरको छवि बनाएर ५ औ पटक GAT एरिया लिडर बन्न सफल सिटौलाले  २०१३ ५ देखि ८ डिसेम्बर सम्म काठमाडौंमा सम्पन्न भएको लायन्सको ४१ औं इसामे फोरमको अर्गनाइजिंग कमिटिको सचिवको रुपमा  उक्त फोरमलाइ अत्याधिक सफल र ऐतिहासिक बनाउन मुख्य भूमिका खेलेका थिए। नेपालमा सिटौलाले करिव २४ बर्ष लामो लायन्स क्लवको सामाजिक यात्राको दौरानमा झण्डै ८० वटा जति क्लवहरु एक्सटेन्सन गरेका छन।

 

तपाइँको प्रतिक्रिया ।