खानेपानी महसुलमा छुटले उपभोक्ता खुसी

खानेपानी महसुलमा छुटले उपभोक्ता खुसी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १९।

नेपाल सरकारले ल्याएको बजेटमा खानेपानी महसुलमा दिएको छुटले उपभोक्ता खुसी भएका छन। नेपाल सरकारले ल्याएको आव २०७८/७९ का लागि प्रस्तुत गरेको बजेटमा २० हजार लिटर सम्म खानेपानी उपभोग गर्दा कुनै पनि शुल्क तिर्नु नपर्ने घोषणा गरे संगै निकै राहत महसुस गरेका उपभोक्ताहरुले सरकारलाई धन्यवाद दिएका छन।

लामो समय देखि खानेपानीको अभाव झेलिरहेको बेलामा नियमित पानी आउदा निकै खुसि लागेको बताउदै  बुढानिलकण्ठ -१२ की सावित्री न्यौपानेले अझ महसुलमा छुट पाउदा विषम परिस्थितिमा निकै राहत पुगेको भन्दै हर्ष ब्यक्त गरेकी छन।

त्यस्तै मैतीदेवी निवासी रामकृष्ण महर्जनले  धेरै वर्ष सम्म सुख्खा धारा र मिटर हेरेर बसेको तितो अनुभव सुनाउदै अहिले पानी आउनु  र महसुलमा छुट एकै पटक पाउदा कुनै ठुलै चिठ्ठा परेको महसुस भएको भन्दै सरकारलाई धन्यवाद दिएका छन।

काठमाण्डौ उपत्यकामा नियमित खानेपानी वितरण संगै यसले घरधनी संगै डेरावालहरुलाई पनि निकै फाइदा भएको काठमाण्डौ महानगरपालिका वडा नं ६ महांकालककी  देवकला सुवेदीले बताएकी छन। अन्य समयमा घरबेटी र डेरावालको सामुहिक लगानीमा पानी किन्नुपर्ने बाध्यता हटेको भन्दै उनले पानी वितरणको समय बढाउनु पर्ने माग गरेकी छन।

नेपाल सरकारका अर्थमन्त्री बिष्णु पौडेलले प्रस्तुत गरेको बजेटको राहत ,सहुलियत र पुनरुत्थान उप शिर्षकको बुंदा नं ५४ मा नेपाल सरकार काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड र स्थानीय तहले वितरण गर्ने  खानेपानीमा  २० हजार लिटर सम्मको शुल्क यसै महिना बाट छुट गर्ने घोषणा गरिएको छ।

सरकारको यो घोषणाले साना परिवार र कम पानी खपत गर्ने लाखौ उपभोक्ताहरु प्रत्यक्ष लाभान्वित हुनुका साथै साझेदारी र सहलगानीमा लगायत सबै प्रकारका खानेपानी तथा सिंचाई उपभोक्ता समितिले तिर्नुपर्ने सम्पूर्ण डिमाण्ड र महसुल छुट हुँदा ठुला उपभोक्ताहरुको शुल्कमा पनि राहत पुग्ने देखिन्छ।

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।