बुढानीलकण्ठबाट सामाखुसी जाँदै गरेको कार नारायणगोपाल चोकमा दुर्घटना

कपन अनलाइन

काठमाडौँ, जेठ २०।

काठमाडौंको महाराजगन्जमा रहेको नारायणगोपाल चोकमा कार दुर्घटनामा परेको छ । बुढानीलकण्ठबाट सामाखुसी जाँदै गरेको बा१८च५०४३ नम्बरको कार चोकमा रहेको नारायणगोपालको सालिकमा ठोक्किएर दुर्घटना भएको हो ।

प्रत्यक्षदर्शीका अनुसार दुर्घटनामा मानवीय क्षति भने भएको छैन । कारमा चारजना सवार थिए । दुर्घटनामा परी कारमा भने क्षति भएको छ । मादक पदार्थ सेवन गरी कार चलाएकाले दुर्घटना भएको बताइएको छ ।  प्रहरीले घटनाको थप  अनुसन्धान गरिरहेको छ  ।   फोटो सौजन्य :फरक धार

तपाइँको प्रतिक्रिया ।