पाैष्टिक आहारा सहित संक्रमितको घर घरमा चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी

पाैष्टिक आहारा सहित संक्रमितको घर घरमा चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसी

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ २०।

चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले गाउँपालिका भित्रका संक्रमितहरुलाई घर घरमा पुगेर पाैष्टिक आहारा सहित स्वास्थ्य सामाग्री सहयोगको अभियान शुरु गरेका छन।

गाउँ कार्यपालिकाको बैठकले आइसोलेसन र भेन्टिलेटरको सुविधा सहित उपचार गर्नुपर्ने विरामीहरुका लागि ३० हजार आर्थिक सहयोग गर्ने निर्णय पश्चात अध्यक्ष केसीले संक्रमितहरुको मनोवल बढाउन प्रत्यक्ष भेटघाट शुरु गरेका छन।

त्यस्तै  गाउँपालिकाको कार्यपालिका बैठकले  स्वास्थ्यकर्मी र  एम्बुलेन्स चालकलाई ७५ प्रतिसत भत्ता थप गर्ने र  कार्यक्षेत्रमा सक्रिय रहेको अवस्थामा संक्रमणका कारण मृत्यु हुने स्वास्थ्यकर्मी ,कर्मचारी ,जनप्रतिनिधिहरुका परिवारलाई १० लाख आर्थिक सहायता गर्ने निर्णय गरेको छ।

बैठकका निर्णयहरु : 

 

तपाइँको प्रतिक्रिया ।