महामारीको विषम समयमा शव ब्यवस्थापन गर्दै नेपाल स्काउट बागमती प्रदेश

महामारीको विषम समयमा शव ब्यवस्थापन गर्दै नेपाल स्काउट बागमती प्रदेश

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ २०।

नेपाल स्काउट बागमती प्रदेशले कोरोना संक्रमणका कारण निधन भएकाहरुको  शव ब्यवस्थापन कार्य शुरु  गरेको छ ।

नेपाल स्काउट बागमती प्रदेशका संयोजक केशरत्न बज्राचार्य सहितको टोलीले  कोभिड संक्रमण भई ग्राण्डी अस्पतालमा उपचाररत ५८ बर्षे पुरुषको शव व्यवस्थापन गरेको छ । मृत्यु पश्चात  कोरोना नेगेटिभ देखिएको अस्पतालले जानकारी दिएपछि मृतकका परिवारजनमा कोभिडको त्रास भएकाले नेपाल स्काउटको टोलीले शव व्यवथापन गरेको हो  ।

बिगत २ साता देखी ननकोभिड बिमारीहरूलाई एम्बुलेन्स सेवा दिदै आएको तालिम प्राप्त टोलीले जेष्ठ १९ गते देखि  शव व्यवथापनको कार्य पनि शुरु गरेको र आबश्यक परेमा कोभिड -१९ संक्रमितको शव व्यवथापनमा समेत तयारी रहेको टोली नेता बज्राचार्यले बताएका छन  ।

नेपाल स्काउटले नेपालमा कोरोना नियंत्रण र  रोकथामका लागि राहत र शव व्यवस्थापन,परिक्षण स्थलमा स्वयंसेवा सहित विभिन्न सचेतना मुलक अभियानहरु संचालन गर्दै आइरहेको छ ।

तपाइँको प्रतिक्रिया ।