मुलपानी नगर अस्पताललाई सारा चिल्ड्रेन होमको स्वास्थ्य सामाग्री सहयोग

मुलपानी नगर अस्पताललाई सारा चिल्ड्रेन होमको स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ , जेष्ठ २०।

कागेश्वरी मनोहरा नगरपालिकाको मुलपानी नगर अस्पताललाई सारा चिल्ड्रेन होमले  स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको छ ।
कागेश्वरी मनोहरा नगरपालिकाका उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा र नगर प्रवक्ता राजाराम पुडासैनीको उपस्थितिमा  सारा चिल्ड्रेन होम डाँछीका अध्यक्ष डा.तेज बहादुर रोक्काले  स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेका थिए।

सो अवसरमा नगर उपप्रमुख बिन्दु पुडासैनी सिम्खडा, नगर प्रवक्ता राजाराम पुडासैनी र जिन्सी शाखा प्रमुख रामेश्वर दाहालले विषम  महामारीको समयमा अस्पताललाई स्वास्थ्य सामाग्रीहरु सहयोग गरेकोमा सारा चिल्ड्रेन होमलाई धन्यवाद दिएका थिए।

सो अवसरमा मुलपानी अस्पताललाई पिपीई सेट, अक्सीमिटर, मास्क, स्यानिटाइजर लगायतका स्वास्थ्य सामाग्रीहरु प्रदान गरिएको सारा चिल्ड्रेन होमका सचिव कर्ण रोक्काले जानकारी दिएका छन  ।

तपाइँको प्रतिक्रिया ।