पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

कपन अनलाइन
कठमाडौँ, जेठ १९ ।

पछिल्लो २४ घण्टामा थप ५३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यसमध्ये पीसीआर विधिबाट ४५२४ जना र एन्टिजेन विधिबाट ७९२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै, काठमाडौँ जिल्लामा  ९६९, भक्तपुरमा १८१ र ललितपुरमा ३०६ जना गरी उपत्यकामा कूल १४५६ जना संक्रमित भेटिएका छन् ।पछिल्लो २४ घण्टामा थप १०१ जनाको मृत्यु भएको छ भने यही अवधिमा ७२१९ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा संक्रमणमुक्त हुने दर ८०.८ प्रतिशत पुगेको छ ।

तपाइँको प्रतिक्रिया ।