रुखबाट लडेर गम्भिर घाईते भएका ओखलढुंगाका एक युवकको मृत्यु

रुखबाट लडेर गम्भिर घाईते भएका ओखलढुंगाका एक युवकको मृत्यु

कपन अनलाइन
कठमाडौँ, जेठ १९ ।

रुखबाट लडेर गम्भिर घाईते भएका ओखलढुंगाका एक युवकको मृत्यु भएको छ  । बुधबार बिहान घाँस झार्ने क्रममा रुखबाट लडेर गम्भिर घाईते भएका चिशंखुगढी गाउँपालिका ८ का २७ बर्षिय एक बहादुर बिकको उपचारका क्रममा ज्यान गएको हो ।

घर नजिकैको पौयुको रुखमा घाँस झार्न चढेका बिक अचानक रुखबाट लडेर गम्भिर घाईते भएका थिए । उनलाई तत्कालै परिवारका सदस्यले उद्धार गरेर उपचारका लागी जिल्ला अस्पताल ओखलढुंगमा ल्याएको भएपनि बुधबार दिउसो उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाका प्रमुख प्रहरी नायव उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिएका छन  ।

घटना लगत्तै रुम्जाटार प्रहरी बिटबाट प्रहरी टोली खटि गई कानुनी प्रकृया पुरा गरेर शवलाई पोष्टमाटमका लागी राखिएको जिल्ला प्रहरी कार्यलय ओखलढुंगाले जानकारी दिएको  छ ।

तपाइँको प्रतिक्रिया ।