सीजी ब्रुअरीको गोदाममा लागेको आगो पाँच घण्टा पछि नियन्त्रण आयो

सीजी ब्रुअरीको गोदाममा लागेको आगो पाँच घण्टा पछि नियन्त्रण आयो

कपन अनलाइन
कठमाडौँ, जेठ १९ ।

नवलपरासीस्थित चौधरी (सीजी) उद्योगको गोदाममा लागेको आगो करिब पाँच घण्टामा नियन्त्रणमा आएको छ ।
नवलपुरको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको हो । उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम परिसरमा रहेको नेपाल आइस बु्रअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको हो ।

बिहान करिब ९ बजेतिर भएको आगलागी प्रहरी र अग्निनियन्त्रकको झण्डै पाँच घण्टाको प्रयासमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिलिप कुमार गिरीले जानकारी दिए ।

कागज कार्टुन प्लान्टमा आगलागी भएको हुँदा आगो नियन्त्रणमा लिन समस्या भएको थियो । आगलागी हुँदा बियर राख्न प्रयोग गरिने काटुन धेरै मात्रामा जलेर नष्ट भएको छ । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन । विद्युत सर्टका कारण आगलागी भएको बताइएको छ ।

तपाइँको प्रतिक्रिया ।