कोरोना कहरमा बालउद्दार मावीका शिक्षक शिक्षिकाहरुलाई पिडा माथि पिडा

कोरोना कहरमा बालउद्दार मावीका शिक्षक शिक्षिकाहरुलाई पिडा माथि पिडा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १८।

कोरोना कहरको दोश्रो चरणमा बुढानिलकण्ठ नगरपालिका वडा नं १० मा रहेको बालउद्दार नमुना मावीका नौ शिक्षक शिक्षिकाहरु अहिले संक्रमित रहेका छन।हाल संक्रमित रहेका नौ मध्ये ३ जना अलि गम्भीर अवस्थामा रहेका छन भने अरु शिक्षक कोरोना जित्ने चरणमा रहेका छन।

कोरोना संक्रमणको विषम अवस्था संग जुधिरहेका बालउद्दार मावीका ५५ जना शिक्षक शिक्षिकाहरु निशुल्क कोरोना बिमा बाट बन्चित भएका छन। संक्रमणको संकटमा निकै राहत पुग्ने विमा दावी गर्नका लागि कागजात र बिमा कम्पनिमा अभिलेख नरहेको रहस्य खुले संगै यो अहिले व्यापक चर्चाको विषय बनेको छ।

विद्यालय र बिमा कम्पनिको चरम प्राविधिक लापरवाहीका कारण बिमाको सुविधा बाट बन्चित बनेका शिक्षक शिक्षिकाहरु अर्को पिडा पनि थपिएको छ।विद्यालयले पोषण भत्ता वापत संक्रमित शिक्षक शिक्षिकाहरुलाई १५ हजार दिने निर्णय भएको सार्वजनिक भए संगै शुरु भएको चर्चा,परिचर्चा,बहस र राजनीतिका कारण उक्त निर्णय फिर्ता भएको छ।

शिक्षकहरुलाई शैक्षिक उन्नयनमा योगदान र क्षेमताको आधारमा भन्दा राजनीतिक दलको कोटामा विभाजित गरेर विद्यालयको विकासमा बेइमानी गर्दै  आएका राजनीतिक दलका प्रतिनिधि ,विद्यालयका पुर्व शिक्षक र वर्तमान विद्यालय व्यवस्थापन समितिका सदस्य नै सामाजिक संजालमा खनिन थालेपछी पोषण भत्ता सहयोग गर्ने विद्यालयको निर्णय १२ घण्टा पनि टिक्न सकेन।

सामान्य समयमा राजनीतिक दलको आधारमा शिक्षकहरुलाई कित्ताकाट गर्दै दुख दिने चलन बाल उद्दार मावीमा नौलो नभएको बताउदै एक शिक्षकले कोरोना प्रकोपको महामारीमा पनि शिक्षकहरुनै पिडामा पारिनु मानवीय अपराध भएको भन्दै आक्रोस व्यक्त गरेका छन।

त्यस्तै २०४६ शालमा एउटा सानो छाप्रो बाट शुरु भएको विद्यालयलाई अहिलेको सुविधा सम्पन्न नमुना विद्यालयको रुपमा विकास गर्न शिक्षकहरुको प्रमुख भूमिका रहेको बताउदै एक शिक्षिकाले घाउमा मलम लाउने भन्दा नुन छर्किने प्रवृतिले शिक्षक शिक्षिकाहरुको मनोवल गम्भीर नकारात्मक अशर परेको भन्दै दुख व्यक्त गरेकी छन।

विद्यालयको विकासमा निरन्तर क्रियाशिल रहेका शिक्षकहरुले सुविधा बाट बन्चित हुनु परेको कारण र त्यसको जवाफदेहिताका वारेमा व्यापक बहस हुनुपर्ने बताउदै अर्का एक शिक्षकले संक्रमित शिक्षक शिक्षिकाहरुका लागि विशेष राहत सुविधाको माग गरेका छन।

यो पनि पढ्नुहोस :https://kapanonline.com/archives/113253

 

 

 

 

 

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।