साहसिक खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने सरकारको कदम स्वागतयोग्य : माउन्टेन स्पोर्ट्स फेडेरेसन

साहसिक खेल क्षेत्रलाई प्राथमिकतामा राख्ने सरकारको कदम स्वागतयोग्य : माउन्टेन स्पोर्ट्स फेडेरेसन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १८ ।

माउन्टेन स्पोर्ट्स फेडेरेसनले आव २०७८/७९ को बजेटमा हाई अल्टीच्युट स्पोर्ट्स ट्रेनिंग सेन्टर निर्माण र काठमाडौँ र फेवा ताल वरिपरिको साइकल लेन निर्माणमा सरकारको प्रतिबद्धता आउनु स्वागतयोग्य भएको बताएको छ।

फेडेरेसनका अध्यक्ष गोविन्द भट्टराईले प्रेस बिज्ञप्ति जारी गर्दै  आगामी आ.व.को लागि प्रस्तुत गर्नु भएको बजेट र नीतिगत बक्त्तव्यलाई  स्वागत गर्दै  फेडेरेसनको एक दशकको लबिङ्ग तथा नेपाल खेलकुद महसंघको नीतिगत समर्थनले नेपाललाई खेल पर्यटनको विश्वव्यापी केन्द्र बनाउने घोषणा सफल हुने चरणमा पुग्नुका साथै  पूर्व खेलाडीलाई सहुलियतमा व्यवसायिक कर्जा र नबौं राष्ट्रिय खेलकुदको ग्यारेन्टी तथा देशव्यापी पूर्वाधार निर्माणको घोषणा थप  आशा लाग्दो विषय रहेको जानकारी दिएका छन।

हाई अल्टीच्युट स्पोर्ट्स ट्रेनिंग सेन्टर निर्माण र काठमाडौँ र फेवा ताल वरिपरिको साइकल लेन निर्माणमा सरकारको प्रतिबद्धता साच्चै गर्व गर्न लायक छ । तर यसको सफल कार्यानवयनमा भने हामि चनाखो हुनैपर्छ ।
शाहसिक पर्यटनको लागि राष्ट्रिय/अन्तराष्ट्रिय आकर्षण गर्ने सरकारी नितिको सफल कार्यानवयन भए अल्पाइन र माउन्टेन क्षेत्रमा शाहसिक खेल मार्फत पर्यटन प्रवर्धन हुने बताउदै फेडेरेसनले पहिलो पटक वाटर स्पोर्ट्सलाई प्रस्ट सम्बोधन गर्नु खुसीको कुरा भएको बताएको छ।

 

तपाइँको प्रतिक्रिया ।