Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/बिमा-.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/प्रदिप-.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/बाल-.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नेकपा एमाले नगर अध्यक्ष र कांग्रेस इकाई सभापति विच रोचक फेसबुक दोहोरीमा बालउद्दार मावी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १७।

नेकपा एमालेका बुढानिलकण्ठ नगर कमिटी अध्यक्ष प्रदिप डंगोल र नेपाली कांग्रेस बुढानिलकण्ठ -१० का इकाई सभापति श्याम डोटेल विच रोचक फेसबुक दोहोरी चलेको छ। उनीहरुको कमेन्ट दोहोरीको विषय रहेको बालउद्दार मावी।

उक्त रोचक दोहोरीको शुरुवात  विद्यालयको व्यवस्थापन समितिक पूर्व अध्यक्ष रहेर पनि खासै देखिने र अभिभावक तथा विद्यार्थीहरुले महसुस हुने खालको कुनै काम गर्न नसकेका श्याम डोटेलको यो स्टाटस बाट शुरु हुन्छ :

 

धेरै लामो समय सम्म उक्त विद्यालयलाई अनावस्यक राजनीतिको रंगमंच बनाउदै आफ्नो राजनीतिको रोटी सेक्दै आएका डोटेलको यस स्टाटसमा धेरै व्यक्तिहरुले कमेन्ट गरेका छन जस मध्ये एक रहेका छन नेकपा बुढानिलकण्ठका अध्यक्ष प्रदिप डंगोल।

डंगोलले सो स्टाटसमा कमेन्ट लेख्दै डंगोलले व्यक्तिगत हैसियत गुमाएर पार्टी फेरो समातेको भन्दै डोटेल माथि व्यंग्य गरेका छन। सोहि  कमेन्टको जवाफमा डोटेलले तपाईं कुनैपार्टिको प्रतिनिधि भएजस्तै म कांग्रेस सभापति ले सभापति लेख्दा आपत्ति जनाउनुपर्ने कारण बुझिएन  भन्ने जवाफ दिएका छन।

हेर्नुस कमेन्ट दोहोरी :

कपनका पार्टीहरुले  राजनीतिक तुजुक देखाउने मैदान भएको बालउद्दार मावीमा आएको पछिल्लो मुद्दा शिक्षकहरुको कोरोना विमा संग जोडिएको छ जहाँ डोटेलले विद्यालयका ५५ भन्दा बढी शिक्षक विद्यालयको लापरवाहीका कारण  बिमा बाट बन्चित भएको आरोप लगाएका छन।

यो प्रसंग भने विद्यालयको व्यवस्थापन समितिले कोरोना संक्रमित शिक्षकहरुलाई जनही १५ हजार रुपैया प्रदान गर्ने निर्णय भए संगै उठेको हो। सो निर्णय भएको जानकारी सार्वजनिक भए संगै नेपाली कांग्रेसका इकाई सभापति डोटेल सहित अन्य व्यक्तिहरु  सामाजिक संजालमा खनिन शुरु गरेका हुन।

बिमा गरेको भए १ लाख पाउने शिक्षक हरुले अहिले १५ हजार मात्र पाउने भए भन्दै सहानुभूति प्रकट गरेर उनीहरुले समर्थन लिन खोजेका उनले विद्यालयले दिने भनेको १५ हजारको श्रोतको पनि खोजि गरेका छन जसको जवाफ व्यवस्थापन समितिका अध्यक्ष धुर्व प्रसाद घिमिरेले कमेन्ट मै दिएका छन।

हेर्नुस कमेन्ट :

त्यस्तै अध्यक्ष घिमिरेको यो कमेन्टमा नियम र नियमावलीमै नभएको आमन्त्रित सदस्य बनेर केहि समय आसन ग्रहण गर्ने रहर पुर्याएका श्याम तिमल्सिना र पुर्व शिक्षक डोर प्रसाद आचार्यले पनि कमेन्ट गरेका छन।

सो कमेन्टमा आचार्यले आफ्नो जीवनको २५ बसन्त बिताएको विद्यालयका वर्तमान अध्यक्षको गोप्य मेसेज सार्वजनिक गरेर आफ्नो नमिठो बहिर्गमनको पिडा मेटाएको  चर्चा अहिले विद्यालयमा चलेको छ।

पटक पटक विद्यालयका पुर्व पदाधिकारी र सदस्यहरु बाट नै वारम्बार प्रहारको निशाना पर्दै आएको विकृत राजनीतिको रंगशाला बनेको बाल उद्दार मावीले यस विषयमा चाडो भन्दा चाडो सत्य तथ्य सार्वजनिक गर्नुपर्ने सरोकारवालाहरुले  माग गरेका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।