Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/192882027_1425297527811723_6074947041041087104_n-1024x576.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/193732030_1425294757812000_7127984924556875484_n-734x1024.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/191522017_1425294811145328_528692832751781595_n-1024x576.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

नागार्जुन नगरपालिकाले भन्यो: जिटुजी मोडलवाट खोप किन्छौँ अनुमति देऊ, खोप खरिदको संयोजकमा उपप्रमुख शुशिला अधिकारी

कपन अनलाइन

काठमाडौं जेठ १७ । नागार्जुन नगरपालिकाको कार्यपालिका बैठक सम्पन्न भएको छ। जेठ १६ गते नगर प्रमुख  मोहन बहादुर बस्नेतको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त बैठकले निम्न निर्णय गरेको  प्रेस बिज्ञप्ति मार्फत जानकारी गराइएको छ ।

१ ) आर्थिक वर्ष २०७८ /७९को पाँचौ नगर सभा संचालन सम्बन्धमा छलफल गर्दा नागार्जुन नगरपालिकाको क्यालेन्डर अनुसार संशोधन गरि आर्थिक वर्षा २०७८/७९को बार्षिक नीति कार्यक्रम तथा बजेट सम्बन्धि कार्यतालिका स्वीकृत गरि मिति २०७८ साल जेठ ९ गते नगर सभा सम्पन्न गर्ने निर्णय भएको  उल्लेख गरिएको छ ।

२) कोभिड १९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि पहिलो र दोश्रो खोप लगाउनको लागि नगरबासीहरु बाट अत्याधिक माग भइ आएको र सो सम्बन्धमा नेपाल सरकार स्वास्थ्य कार्यालय टेकु संग माग गरिएकोमा  खोप अभाबका कारण उपलब्ध हुन नसकेको भनी जानकारी आएको र पुन नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय संग माग गर्ने र मन्त्रालय बाट समेत खोप प्राप्त हुन नसकेमा नगरपालिकाको आन्तरिक स्रोत बाट  पहिलो चरणमा रु पांच करोड बराबरको खोप G to G मार्फत खरिद गर्न मुल्य सहित नेपाल सरकार स्वास्थ्य तथा जन संख्या मन्त्रालय संग अनुमति माग गर्ने  साथै सो खोप खरिद समितिको संयोजकमा उप प्रमुख शुशिला अधिकारी रहेकी छिन।

३) आर्थिक वर्ष २०७८/७९ को मालपोत मुल्यांकन सम्बन्धमा छलफल गर्दा मालपोत कार्यालय कलंकीको पं सं २०७७/७८ चलानी नं ४६२८ मिति २०७८ /जेठ ९ गतेको प्राप्त पत्रानुसार कोभिड १९ संक्रमणको कारण बिगत कै मालपोत मूल्यांकनलाइ निरन्तरता दिने निर्णय गरिएको उल्लेख गरिएको छ।

४) नगरपालिका अन्तर्गत वडा नं १मा रहेको शहरी बिकाश मन्त्रालय बाट नगरपालिकाको नाममा हस्तान्तरण भइ आएको भवनमा आइसोलेसन सेन्टर स्थापना  गर्न शहरी विकास मन्त्रालयलाइ अनुरोध गरि पठाइएकोमा उक्त मन्त्रालय बाट २७० बेडको आइसोलेसन व्यवस्थापन भएकोमा नगरपालिका बाट नगरबासीहरुका लागि सुबिधा सम्पन्न ५० बेडको आइसोलेसन व्यवस्थापन गर्ने निर्णय गरिएको समेत उल्लेख गरिएको छ ।

५) मिति २०७८ साल बैशाख १८ गतेको कार्यपालिकाको निर्णय अनुसार कोभिड १९ बाट संक्रमित नागार्जुन नगरपालिकालाई पी सी आर रिपोर्ट पोजेटिभको आधारमा प्रति परिवार रु ५ हजार दिने निर्णय भएकोमा मिति २०७८ साल जेठ १६ गते सम्मको पी सी आर पोजेटिभ रिपोर्ट भएका परिवारलाइ उक्त रकम भुक्तानी गरि अब उपरान्त उक्त निर्णयलाइ खारेज गर्ने र मिति २०७८ साल जेठ १७ गते बाट लागु हुने गरि कोभिड १९ बाट स्वर्गारोहण भएका प्रति परिवारलाइ मात्र सान्त्वना स्वरूप रु १३ हजार सम्बन्धित वडा मार्फत उपलब्ध गराउने निर्णय भएको उल्लेख गरिएको छ ।  बैठकमा नागार्जुन नगरपालिकाकी  उप प्रमुख शुशिला अधिकारी, प्रमुख प्रशासकीय अधिकृत   सुरेन्द्र  थापा मगर लगायत वडा अध्यक्षहरु सहित कार्यपालिका सदस्यहरुको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।