बुढानिलकण्ठ नगरपालिकालाई संघीय सरकारको ५८ करोड ,गतवर्ष भन्दा १ करोड ८९ लाख बढी

बुढानिलकण्ठ नगरपालिकालाई संघीय सरकारको ५८ करोड ,गतवर्ष भन्दा १ करोड ८९ लाख बढी

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १७।

बुढानीलकण्ठ नगरपालिकामा आगामी आर्थिक वर्ष २०७८/७९ को लागी ५८ करोड २ लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

नेपाल सरकारबाट शनिबार सार्वजनिक गरीएको नयाँ बजेटमा बूढानीलकण्ठ नगरपालिकाको निति तथा कार्यक्रम कार्यन्वयन  गर्नका लागि  चालु खर्च ५० करोड ३६ लाख र पूँजीगततर्फ ७ करोड ६६ लाख निर्धारण भएको छ ।

अर्थमंन्त्री विष्णु पौडेलले सार्वजनिक गर्नु भएको प्रतिवेदन अनुसार वित्तीय सामान्यीकरण, समपूरक, सशर्त र विशेष अनुदान शीर्षकमा सो बजेट छुट्याइएको हो ।

जसमध्य बूढानीलकण्ठ नगरपालिकामा वित्तिय समानीकरण अनुदान शिर्षकमा २७ करोड ८३ लाख रहेको छ । यस शिर्षक अन्तर्गत ‘न्युनतम अनुदान’  ५ करोड , ‘सुत्रमा आधारीत अनुदान’ २२ करोड ३५ लाख , ‘कार्य सम्पादनमा आधारीतअनुदान’ ४८ लाख  रहेको छ ।

यस्तै सशर्त अनुदानको चालु खर्च २२ करोड ५३ लाख र पुँजीगत खर्च ६ करोड गरी कुल २७ करोड ५३ लाख  छुट्याइएको छ ।

सरकारले २०७८\७९ को लागि थप शिर्षकविशेष अनुदानमार्फत पनि बजेट निर्धारण गरेको छ ।  विशेष अनुदानको पुँजिगत खर्चमा १ करोड ६६ लाख निर्धारण भएको छ ।

बूढानीलकण्ठ नगरपालिकामा चालु आर्थिक वर्ष २०७७\७८ लागि ५६ करोड १३ लाख विनियोजन भएको थियो जस अन्तर्गत समानीकरण अनुदानमा २६ करोड ३ लाख र सशर्त अनुदान ३० करोड १० लाख रहेको थियो । आगामी वर्षका लागि सार्वजनिक भएको बजेट अघिल्लो वर्षभन्दा १ करोड ८९ लाखले बढी हो ।

आर्थिक बर्ष २०७८\७९ को बजेटमा ७ प्रदेशमा १ खर्ब ३ अर्ब ७० करोड र ७५३ स्थानीय तहमा २ खर्ब ८३ अर्ब १ करोड हस्तान्तरण गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।