Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/190638655_2866647560215930_3230337883537795611_n-1-e1622454619183.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियस द्वारा अक्सिजन सिलिन्डर प्रदान

कपन अनलाइन

काठमाडौं जेठ १७ । लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं नयाँपाटी भिक्टोरियसले अक्सिजन भरिएको सिलिन्डर हस्तान्तरण गरेको छ । लायन्स क्लब अफ काठमाडौँ नयँपाटी भिक्टोरियसले आइतबार एक कार्यक्रमको बिच गोकर्णेश्वर नगरपालिका वडा नं १  वडा  वडा अध्यक्ष राम मानन्धर ५ थान अक्सिजन भरिएको  सिलिन्डर हस्तान्तरण गरेको हो।कारोना महामारीको बिच अक्सिजन अभाव हुनसक्ने संभावनालाई ध्यानमा राख्दै  लायन्स क्लबले संक्रमितको उपचारमा सहज होस् भनेर सिलिन्डर  प्रदान गरेको हो ।

वडा अध्यक्ष राम मानन्धरले   अग्रवाल  सेवा केन्द्रले कमल पोखरी स्थित अग्रवाल भवनमा स्थापना तथा संचालन गरेको सम्पूर्ण सुबिधा सहितको ८९ शैयाको आइशोलेसन वार्ड तथा गोकर्णेश्वर नगरपालिकाले  शहीद तथा शान्ति पार्क यज्ञडोल जगडोल सामुदायिक बनमा अक्सिजन र मेडिकल सेवा सहित २५ शैयाको आइसोलेसन संचालनमा  रहेकोले वडाबासी तथा परिवारमा कोरोना संक्रमण भइ आइसोलेसन आवश्यकता भए वडा कार्यालय अथवा आफ्नो व्यक्तिगत नम्बर ९८५१०६१८५६मा सम्पर्क गर्न सकिने   भन्दै विषम परिस्थितिमा लायन्स क्लब अफ काठमाडौं  नयाँपाटी भिक्टोरियसले गरको सहयोग प्रति धन्यबाद दिदै उक्त अक्सिजन संक्रमितको उपचारमा प्रयोग हुने जानकारी गराएका थिए साथै   कोरोना भाइरसविरुद्धको अभियानमा प्राप्त सामग्री महत्वपूर्ण  भएको समेत बताएका थिए।

हालको विषम परिस्थितिमा लायन्स क्लब अफ काठमाडौँ नयँपाटी भिक्टोरियसका चार्टर प्रेसिडेन्ट लायन बिख्यात प्रसाद थपलियाका अनुसार प्रायजसो वडाबासिले वडा कार्यालयमा अक्सिजनको माग गर्ने हुँदा उक्त अक्सिजन वडामा हस्तान्तरण गरेको बताए ।नयाँ भेरियन्टको दोस्रो लहर नेपालमा व्यापक रुपमा फैलिराखेको अबस्थामा अग्रपन्तिमा खटेर लायन थपलियाले बिरामिको घर-घरमा अक्सिजन सिलिन्डर पुर्‍याइरहेका छन्। उक्त कार्यक्रममा लायन्स लिडर तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।