चीनको स्वशासित क्षेत्र तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १७।

चीनको स्वशासित क्षेत्र तिब्बत सरकारले नेपाललाई ८०० अक्सिजन सिलिन्डर, २०० थान आईसीयू बेड र ५ भेन्टिलेटर, १० थान कन्सन्ट्रेटर र १५ हजार थान एन्टिजेन किट सहयोग उपलब्ध गराएको छ ।

कोभिड–१९ विरुद्धको लडाइँमा सघाउन तिब्बत सरकारले आइतबार थप स्वास्थ्य सामग्री तातोपानी नाकाबाट नेपाललाई हस्तान्तरण गरेको हो  ।

त्यस्तै आइतबार नै ५ मिलियन आरएमबी. अतिरिक्त अनुदान सहायताअन्तर्गत चीनले ४० थान पोर्टेवल भेन्टिलेटर, २० थान अटोमेटेड एनालाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेवल अल्ट्रासाउण्ड र ३० थान एनेस्थेसिया मेसिनलगायत स्वास्थ्य सामग्री पनि चीनले उपलब्ध गराएको छ ।

हाल उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दैनिक रूपमा उपत्यकाभित्रका १० वटा अक्सिजन उद्योगमध्ये ९ वटा उद्योगबाट ६,३८७ वटा सिलिण्डर र उपत्यका बाहिरका १९ वटा अक्सिजन उद्योगबाट ९,३३७ वटा सिलिण्डर गरी कुल १५,७२४ सिलिण्डर अक्सिजन भरेर विभिन्‍न अस्पतालहरूमा  वितरण गरेको छ ।

 

तपाइँको प्रतिक्रिया ।