ओखलढुंगा लिखुका सामाजिक संस्थाहरुको सामुहिक पहलमा आइसोलेसन बेड र स्वास्थ्य सामाग्री सहयोग

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १७।

ओखलढुङ्गा जिल्लामा सामाजिक क्षेत्रमा सक्रिय  गामनाङ्गटार सेवा समाज,पोकली झरना सेवा समाज,एसम सेवा समाज र टारकेराबारी सेवा समाजले  “कोभिड नियन्त्रण सहयोग समिति” मार्फत गाम्नाङटार स्वास्थ्य चौकीलाई  सहयोग हस्तान्तरण गरेका छन्।

गाम्नाङटार सेवा समाज, पोकली झरना सेवा समाज,टारकेरावारी सेवा समाज, यसम सेवा समाज, सिंहदेवी सेवा समाज, नर्मदेश्वर सेवा समाज, लेति सेवा समाज सहितका संस्थागत  पदाधिकारीहरु सदस्य रहेको समितिले गामनाङ्गटार स्वास्थ्य चौकीलाई   १० वटा आइसोलेशन बेड सहित विभिन्न  स्वास्थ्य सामाग्रीहरु “कोभिड नियन्त्रण सहयोग समिति” का  संयोजक सुरेन्द्र बोगटीलाई संयुक्त रूपमा हस्तान्तरण गरिएको पोकली झरना सेवा समाजका महासचिब शम्भु बरालले जानकारी दिएका छन।

आइसोलेसन बेड  सहयोगी र दाताहरु :
(१) पोकली झरना सेवा समाज – ४ थान
(२) गाम्नाङटार सेव समाज- २ थान
(३) टारकेराबारी सेवा समाज- २ थान
(४) यसम सेवा समाज – २ थान

तपाइँको प्रतिक्रिया ।