लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन आज हुँदै

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १७।

लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा उपनिर्वाचन आज हुँदैछ । माओवादीबाट सांसद बनेका एक जनालाई पार्टीले कारवाही गरेपछि रिक्त भएको राष्ट्रिय सभा सदस्य पदमा आज उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगका अनुसार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरमा बिहान ९ बजेदेखि अपरान्ह ३ बजेसम्म मतदान हुँदैछ ।

कोरोना संक्रमित भएका मतदाताले छुट्टै लाइनमा बसी भोट हाल्न सक्ने छन् । राष्ट्रिय सभा उपनिर्वाचनमा लुम्बिनी प्रदेश सभा सदस्य, स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाता हुनेछन् । मतपरिणाम समेत साँझसम्म आइसक्ने बताइएको छ ।

नेकपा माओवादी केन्द्रबाट २०७४ सालमा निर्वाचित राष्ट्रिय सभा सदस्य चन्द्रबहादुर खड्का नेकपा एमाले गएपछि पार्टीले उनलाई कारवाही गरिएको थियो  ।

लुम्बिनी प्रदेसमा  नेकपा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ भने  विपक्षी गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारमा  दिर्घ नारायण  पाण्डे उठेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।