काठमाण्डौ क्षेत्र नं ३ का पुर्व सांसद कृष्ण राईको पहलमा ८ अर्व लागतमा नागमती बाँध बन्ने

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १७।

गोकर्णेश्वर नगरपालिका वडा नं  १ सुन्दरीजलको  नागमती नदीमा करिव ८ अर्बको लागतमा बाँध निर्माण हुने भएको छ। काठमाडौं निर्वाचन क्षेत्र नं ३ मा रहेको नागमती नदीमा बाँध निमार्णका लागि केन्द्र सरकारले सो आयोजनालाई  आर्थिक  वर्ष ०७८/७९ को बजेटमा आवस्यक रकमउल्लेख गरिएको छ।

काठमाडौं क्षेत्र नं ३ का पूर्व प्रतिनिधि सभा सदस्य तथा नेकपा एमाले  काठमाडौ जिल्ला कमिटीका अध्यक्ष कृष्ण राईको पहलमा बागमती नदीको स्वच्छता र काठमाण्डौको जलाधार क्षेत्रको महत्वपूर्ण खण्डको संरक्षणका लागि सो बाँध निमार्ण गर्न नेपाल सरकारका  अर्थमन्त्री बिष्णु पौडेलले आयोजनालाई महत्व दिदै बजेट व्यवस्थापन गरेका छन।

जमिनको सतह बाट ९० मिटर उचाईमा करिव  १००० रोपनीको क्षेत्रफलमा निर्माण हुने उक्त बाधबाट ४ मेघावाट बिजुली समेत निकाल्न सक्ने सम्भावना रहेकोले योजनालाई प्राथमिकतामा राखेर अगाडी बढाएको नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका राईले जानकारी दिएका छन।

करिव १ करोड लिटर पानी भण्डारण हुन सक्ने सो बाँधले काठमाण्डौको खानेपानी समस्या समाधानमा पनि सहयोग पुग्ने विस्वास व्यक्त गर्दै उनले बागमती जलाधार क्षेत्र संरक्षण तथा जलप्रवाहमा सुधारका लागि पनि यो आयोजना कोशेढुगां सावित हुने बताएका छन।

२०७७ चैत १४ गते  राईको संयोजत्वमा काठमाडौँ जिल्ला समन्वयन समिति प्रमुख शिव सुन्दर राज बैध ,उपप्रमुख सरिता दाहाल , कार्यकारी  अधिकृत पिताम्बर अधिकारी ,सहरी बिकाश मन्त्रालयका प्रतिनिधि,प्राबिधिक टोली सहितले बाँध निर्माण क्षेत्रको स्थलगत निरीक्षण गरे पश्चात  अर्थमन्त्रालयबाट ८ अर्बको वजेटको योजना प्रस्तुत गर्दै  ५ वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

 

तपाइँको प्रतिक्रिया ।