Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/वडा-.png): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

वर्षातको संकेत संगै बुढानिलकण्ठ-१२ का अध्यक्ष शम्भु भट्टराईले सम्झिए डुबिरहेको कपनको तस्विर

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु प्रसाद भट्टराईले जेष्ठ १५ गते सनिवार आफ्नो सामाजिक संजालमा एउटा तस्विर शेयर गरेका छन।

सन् २०२० जुन १८ मा उनले राखेर डुबिरहेको कपन क्षेत्रको तस्विर वर्षातको समय नजिकिए संगै एका एक उनले सामाजिक संजालमा राखेपछी त्यस वारेमा कपन अनलाइनले उनलाई जिज्ञाशा राखेको थियो।

लामो समय देखि डुवानको कहरमा परेर निकै कस्ट भोगिरहेको कपनको पिडा झल्काउने तस्विर  आफ्नो सामाजिक संजालमा एकाएक किन शेयर गर्नु भयो ? भन्ने कपन अनलाइनको प्रश्नमा अध्यक्ष भट्टराईले केहि दिनको वर्षा पश्चात आगामी दिनको संकेत गर्दै  वडावासीले सो तस्विर आफुलाई पठाएकोले सार्वजनिक गरेको बताए।

कपन डुवानको समस्या समाधानको उपाय के होला भन्दै निकै संकेत पूर्ण तस्विर सामाजिक संजालमा राख्नुको अर्थ चाही के हो नि ? भन्ने हाम्रो प्रश्नमा वडा अध्यक्ष भट्टराईले यसमा कपनवासीको पिडा र आगामी दिनको सुखद सन्देस दुवै रहेको बताए।

वर्षौ देखि पानी पर्ने वितिकै सतर्क भएर बस्नुपर्ने बाध्यतामा रहेका कपनवासीहरुलाई कस्तो सुखद सन्देस दिन खोज्नुभएको हो नि ? भन्ने कपन अनलाइनको प्रश्नमा अव कपन क्षेत्रको डुवान समस्या समाधानका लागि नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईको पहलमा ब्लक कल्भर्ट निर्माणका लागि बजेट बिनियोजन भएर टेन्डर आव्हान भै यसै साता संझौताको तयारी भएकोले सो कुरा सुखद सन्देस भएको धारणा राखेका छन।

आफु स्वयम पनि डुवान समस्याको प्रत्यक्ष पिडित रहेको भन्दै वडा नं १२ का अध्यक्ष भट्टराईले सात तले देखि कपन आनी गुम्बा सम्म ब्लक ढलानका लागि पहिलो चरण हाई हिमालयन जेभीलाई ठेक्का परेको र सम्झौता पश्चात तत्काल काम शुरु गरेर १ वर्ष भित्र सम्पन्न गर्ने योजनामा रहेको जानकारी दिएका छन।

कपन फैका र तेन्जिंग चोकको डुवान समस्या समाधानका लागि धमाधम काम भैरहेको जानकारी दिदै उनले कपनको डुवान समस्या समाधानका हरेक उपायहरु खोजेर त्यसको  निराकरण तर्फ लागेको बताएका छन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।