गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार २२ पुग्यो,कुन वडामा कति संक्रमित ?

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या २ हजार २२ पुग्यो,कुन वडामा कति संक्रमित ?

कपन अनलाइन

काठमाडौं ,जेठ १५। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ १४ गते सम्ममा १०८०  जना पुरुष र ९४२   जना महिला गरि कुल  २ हजार २२ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा ३७ जना पुरुष र २८ जना महिला गरि कुल ६५ जना

वडा नं २ मा ४८ जना पुरुष र ३९ जना महिला गरि कुल ८७ जना

वडा नं३ मा ५४ जना पुरुष र ३९ जना महिला गरि कुल ९३  जना

वडा नं ४ मा १५९  जना पुरुष र १४५ जना महिला गरि कुल ३०४ जना

वडा  नं ५ मा  १९७ जना पुरुष र  १४९   जना महिला गरि ३४६ जना

वडा नं ६ मा २५० जना पुरुष र २१३ जना महिला गरि ४६३ जना

वडा नं ७ मा ७५ जना पुरुष र ७७ जना महिला गरि कुल १५२ जना

वडा नं  ८ मा २०८ जना पुरुष र २९६  जना महिला गरि कुल ४०४ जना

वडा नं ९ मा ५२ जना पुरुष र ५३ जना महिला गरि कुल १०८  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी ४६३ जनामा कोरोना संक्रमित भेटिएको छ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।