Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2021/05/192453034_487015482516104_5818400368926125942_n.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

गोकर्णेश्वरमा निषेधाज्ञाको व्यापक उल्लंघन गर्दै मसाल जुलुस र प्रदर्शन,स्थानीयहरु जोखिममा

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १५।

जेष्ठ १४ गते शुक्रवार सम्म गोकर्णेश्वर नगरपालिकामा कुल संक्रमितको शंख्या २०२२ पुगेको छ। कोरोना प्रकोपको दोश्रो लहरमा निकै जोखिमको सामना गरिरहेको गोकर्णेश्वर नगरपालिकामा पछिल्लो समय भैरहेका मसाल जुलुस र प्रदर्शनले झनै स्थितिलाई बिकराल बनाउने देखिएको छ।

गोकर्णेश्वर नगरपालिकाका जोरपाटी चोक र उत्तर बहिनी भैरव चौर चोक जस्ता क्षेत्रमा निरन्तर जस्तो मसाल जुलुस र प्रदर्शन हुँदा यसले संक्रमण फैलाउने सम्भावना उच्च भएको भन्दै स्थानीयहरुले चिन्ता व्यक्त गर्न थालेका छन।

प्रतिनिधि सभाको बिघटन पश्चात नेपाली कांग्रेस केन्द्रीय पदाधिकारी बैठकले कुनै पनि सडक प्रदर्शन नगर्ने निर्णय गरेता पनि यहि मौकालाई आफ्नो राजनीतिक उत्थानको भर्यांग बनाउने प्रयासमा नेपाली कांग्रेसका केहि स्थानीय युवाहरु आफ्नै पार्टीको निर्णय विपरित सडकमा उत्रेर संक्रमणको जोखिम बढाएका हुन।

अझ रोचक पक्ष त आफुलाई गोकर्णेश्वरको राजनीतिक भविस्य भन्दै स्वघोषणा गर्ने केहि स्थानीय युवा नेताले आम स्वास्थ्य मापदण्डको ठाडो उल्लंघन गर्दै अनुहार देखाउन मास्क बिना प्रदर्शनमा उत्रिएपछी….लाई  भन्दा देख्नेलाई लाज  भन्ने उखानको  चर्चा पनि अहिले व्यापक रुपमा  चलिरहेको छ।

पछिल्लो चरणमा गोकर्णेश्वर नगरपालिकाका विभिन्न स्थानमा पार्टी केन्द्रीय पदाधिकारी बैठकको निर्णय ,जिल्ला प्रसासन कार्यालयको आदेस र नगरपालिकाको अनुरोधको खिल्ली उडाउदै भैरहेका प्रदर्शन र जुलुसले नगर प्रमुख सन्तोष चालिसे अफ्ट्यारोमा परेको चर्चा हुन् थालेको छ।

नेपाली कांग्रेस काठमाण्डौ क्षेत्र नं ३ का क्षेत्रीय सभापति समेत रहेका प्रमुख चालिसे आफ्नै समितिका पदाधिकारी र क्षेत्रका युवा नेताहरु कोरोना प्रकोपको विषम परिस्थितिको बेवास्ता गर्दै प्रदर्शनमा उत्रिएपछी निकै सकस पूर्ण अवस्थामा पुगेको नेपाली कांग्रेस काठमाण्डौ -३ का एक नेताले बताएका छन।

महामारीको विषम परिस्थितिमा सामाजिक संजाल र अन्य बैकल्पिक माध्यमबाट विरोध प्रदर्शन गर्नुपर्ने बाध्यकारी अवस्थामा रहेको समयमा आफ्नै पार्टीका नेताको नेतृत्वमा रहेको स्थानीय तहको अपिललाई बेवास्ता गर्दै मसाल जुलुस र प्रदर्शन गरिनुलाई निकै अर्थपूर्ण रुपमा हेर्नुपर्ने उनको धारणा रहेको छ।

 

 

 

 

तपाइँको प्रतिक्रिया ।