निषेधाज्ञा पूर्ण रुपमा पालना गरि कोरोना रोकथाममा सहयोग गर्न गोकर्णेश्वर ४ को अनुरोध
कपन अनलाइन
काठमाडौं जेठ १४। गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले निषेधाज्ञा पूर्ण रुपमा पालना गरि कोभिड रोकथाममा सहयोग गर्न सार्वजनिक सुचना मार्फत अनुरोध गरेको छ। वडा अध्यक्ष श्री कुमार श्रेष्ठले जारी गरेको उक्त सुचनामा काठमाडौं उपत्यका लगायत देशै भरि नयाँ भेरियन्टको कोरोना भाइरस कोभिड -१९ तिब्र गतिमा फैलिरहेको र अझ फैलने क्रम नारिकिएकोले नेपाल सरकारले गरेको निषेधाज्ञा पूर्ण रुपमा पालना गरि अशल नागरिकको परिचय दिन अनुरोध गरिएको छ ।
साथै हाल निषेधाज्ञा उल्लंघन गर्नेलाई जरिवाना र कारवाही समेत हुने भएकोले अत्यावश्यक काम पर्दा वडा कार्यालय नगरपालिका वा नजिकको प्रहरी कार्यालय संग समन्वय गरेर मात्र बाहिर काममा निस्कन समेत अनुरोध गरिएको छ। अहिलेको समयमा रोग लाग्न बाट बच्न घरमा बस्नु जस्तो अरु केहि नभएकोले घरमानै सुरक्षित रहन अनुरोध गरिएको छ ।
तपाइँको प्रतिक्रिया ।