कोभिड बिरुद्दको खोप खरिदका लागि कागेश्वरी मनोहरा नगरपालिकाले अनुमति माग्यो

कोभिड बिरुद्दको खोप खरिदका लागि कागेश्वरी मनोहरा नगरपालिकाले अनुमति माग्यो

कपन अनलाइन

काठमाडौं जेठ १४। कागेश्वरी मनोहरा नगरपालिकाको ७० औं नगर कार्यपालिका बैठक सम्पन्न भएको छ।आज शुक्रबार नगर प्रमुख कृष्णहरी थापाको अध्यक्षतामा बसेको ७० औं नगरकार्यपालिकाको बैठक बाट निम्न निर्णय भएको नगर प्रवक्ता राजाराम पुडासैनीले प्रेस बिज्ञप्ति मार्फत जानकारी गराएका छन ।

उक्त प्रेस बिज्ञप्ति अनुसार नगर  कार्यपालिका  बैठकले निम्न निर्णय गरेको उल्लेख गरिएको छ :

१) कोभिड -१९ संक्रमण  रोकथामका लागि नगरबासीलाइ खोप लगाउन नगरपालिका आफैले पहिलो चरणको लागि एक करोड़ बराबरको खोप G toG मार्फत खरिद गर्न खरिद मूल्य सहित नेपाल सरकार स्वास्थ्य मन्त्रालय संग अनुमतिका लागि माग गर्ने ।

२ कागेश्वरी मनोहरा नगरपालिका भित्र बसोबास गर्ने कोरोना पोजेटिभ ब्यक्तिहरुको संख्या दिनानुदिन बढी रहेको हुँदा संक्रमण  रोकथामका लागि सम्भब भए सम्म स्वास्थ्य प्राबिधिकको घुम्ती टोली बनाइ बढी संक्रमित भएको नगर भित्रका बस्तीमा एन्टीजेन प्रबिधि बाट कोरोना टेष्ट गर्ने निर्णय गरेको छ ।

३) स्थानीय सरकार संचालन ऐन २०७४को दफा ८० को प्रायोजनको लागि संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बाट २०७७ मार्ग ३ गते स्वीकृत स्थानीय क्षमता स्व मूल्यांकनको प्रारम्भिक मूल्यांकन उपर छलफल गर्दा आर्थिक वर्ष २०७६/७७मा नगरपालिका बाट भए गरेको कार्यको मूल्यांकन उपर छलफल गरि आवश्यक परिमार्जन सहित कार्यक्रम आगामी नगर सभामा पेश गर्ने ।

४) जिल्ला प्रशासन कार्यालय काठमाडौंको मिति २०७८ जेठ ११ गते प्रकाशित सुचना बमोजिम २०७८ जेठ १५ गते देखि जेठ २० गते सम्म नगरपालिका मातहत स्वास्थ्य सम्बन्धि कार्य बाहेक अन्य कुनै पनि काम नहुने भएको हुँदा सबै शाखाहरु बन्द रहने ।

५) नगरपालिकामा निर्वाचित भएका सबै जनप्रतिनिधिको कार्यकाल ४ वर्ष पुरा गरि पाँचौ बर्षमा प्रवेश भएको अवस्थामा  नगरपालिका भित्रका पूर्वाधार विकास, स्वास्थ्य, शिक्षा लगायत सामाजिक क्षेत्रमा भएका काममा नगरबासी बाट भएको उत्साह जनक सहभागिता र सहकार्यको लागि हार्दिक धन्यवाद ब्यक्त गर्दै आगामी आर्थिक अवस्था २०७८/७९ (२०७८ /असार ७ गते देखि १० गते सम्म)को पाँचौ नगर सभामा पेश गर्नु पर्ने नीति कार्यक्रम तथा बजेटका सम्बन्धमा कोरोना संक्रमणका कारण नगर सभाको योजना छनौट प्रक्रिया संचालन गर्न नसकिने भएको हुँदा नगरपालिकाको website www.kaageshworimanoharamun.gov.npमा सुझाब माग गर्ने निर्णय।

६ नगरपालिका भित्र पर्ने साबिक गागलफेदी गाबिसका पुर्व उपाध्यक्ष श्री श्याम बहादुर लामाको असामयिक निधन भएको हुँदा उहाँ प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार प्रति नगरपालिका परिवारले शोक प्रस्ताब पारित गर्ने निर्णय भएको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।