गोकर्णेश्वर नगरपालिकाको शैक्षिक सत्र २०७७ को बार्षिक परिक्षा सम्बन्धी अत्यन्तै जरुरी सुचना

गोकर्णेश्वर नगरपालिकाको शैक्षिक सत्र २०७७ को बार्षिक परिक्षा सम्बन्धी अत्यन्तै जरुरी सुचना

कपन अनलाइन

काठमाडौं, जेठ १३ ।  गोकर्णेश्वर नगरपालिकाले शैक्षिक सत्र २०७७ को बार्षिक परिक्षा सम्बन्धी अत्यन्तै जरुरी सुचना जारी गरेको छ ।शिक्षा युवा तथा खेलकुद शाखा उप सचिव विजय प्रसाद आचार्यले जारि गरेको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिकाको मिति २०७८ साल जेठ १३ गते नगर प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा बसेको नगर शिक्षा समिति नगरस्तरीय आधारभूत परिक्षा समिति पेशागत संघ संस्थाका प्रतिनिधिहरुको बैठकले वर्तमान विषम परिस्थितिलाइ मध्यनजर गरि बिद्यालय तह कक्षा १-९ को परिक्षा ,परिक्षा प्रणालीका प्रचलित मुल्य मान्यता र पाठ्यक्रमले निर्दिष्ट गरिदिएको परिधि भित्र रही वैकल्पिक विधिको प्रयोगको साथ् प्रथम र दितीय त्रैमासिकको परीक्षालाई आधार मानी कक्षागत अन्तिम परिक्षा २०७८ साल जेठ मसान्त सम्म आन्तरिक मुल्यांकनका आधारमा सम्पन्न गर्ने र सो को अभिलेख बिद्यालयमा कायम गर्न अनुरोध गरिएकोछ।

साथै कक्षा ८ को सन्दर्भमा पनि  माथि को निर्णय अनुसार नै आन्तरिक मूल्यांकन गराई बिद्यार्थीको प्राप्तांक नगरपालिकामा अध्यावधिक भएको IEMISमा २०७८ जेठ मसान्त सम्ममा प्रविष्ट गरि परीक्षाको अभिलेख गोकर्णेश्वर नगरपालिका शिक्षा ,युवा तथा खेलकुद शाखामा बुझाउन समेत अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।