काठमाण्डौ उपत्यकाको निषेधाज्ञामा थप कडाई, के छ आदेसमा ?

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १२।

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको संयुक्त बैठकले काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई थप कडा बनाउने निर्णय गरेको छ।प्रमुख जिल्ला अधिकारीहरुको मंगलबारको बैठकले जारी निषेधाज्ञालाई थप कडा पारेर जेठ २० गते मध्यरातसम्म लम्ब्याउने निर्णय गरेकोहो ।

मंगलबारको निर्णय अनुसार जेठ १४ बाट उपत्यका खाद्यान्न, किराना तथा डिपार्टमेन्ट स्टोर खोल्न पाइँदैन । सरकारी कार्यालय, बैंक, इन्टरनेट सेवा प्रदायक संस्था र एनसेलका सवारी साधन बिहान साढे ९ देखि साढे १० सम्म चल्न पाउने छन् भने सवारी साधनहरु  बेलुका ५ बजेदेखि ६ बजेसम्म मात्र   चल्न पाउँनेछन् ।

निजी तथा सार्वजनिक निर्माण बन्द  गर्ने र निर्माण सामग्री ढुवानीमा पनि रोक लगाउनुका साथै  काठमाडौं, भक्तपुर र ललितपुरबाट यसअघि जारी सबै सवारी पास रद्द गरिएको छ ।  आदेशको अवज्ञा गर्नेलाई कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश–०७८ अनुसार कारवाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ ।

हेर्नुहोस् जिल्ला प्रशासन कार्यालयको विज्ञप्ति

तपाइँको प्रतिक्रिया ।