अनेक वहाना निकालेर निर्वाचन टार्न खोज्नु चाहि प्रतिगमन हो : डा . राजन भट्टराई
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ १०।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा. राजन भट्टराईले अनेक वहाना निकालेर निर्वाचन टार्न खोज्नु चाहि प्रतिगमन भएको बताएका छन।
लोकतन्त्रको सुन्दर पक्ष मध्येको एक आवधिक निर्वाचन रहेको बताउदै डा.भट्टराईले अवधि पूरा भएर निर्वाचन हुनु अझ राम्रो हुने तर अवधि अगाडि नै हुँदा पनि निर्वाचनमा जाने कुरा पनी अग्रमन भएको धारणा ब्यक्त गरेका छन।
आफ्नो सामाजिक संजाल मार्फत धारणा ब्यक्त गर्दै उनले अनेक वहाना निकालेर निर्वाचन टार्न खोज्नु लोकतान्त्रिक मान्यता विपरीत पनि रहेको उल्लेख गरेका छन।
तपाइँको प्रतिक्रिया ।