सावधान होउ : उपेन्द्र खड्का (कविता )

सावधान होउ : उपेन्द्र खड्का (कविता )

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ १०।

आज फेरि दुष्टले पछ्याउन खोजी रा’छ सावधान होउ
केही त्याग अनि सहनशीलताका साथ सावधान होउ ।
छैन केही यो मानव जीवन भन्दा अरु ठुलो यो जुनीमा
आफन्तको खुशीका लागि भए पनि अझै सावधान होउ ।।

छैन सजिलो जीवन अब, सही पीडा अनि सावधान होउ
मात्र हामी होइन संसार संकटमा, त्यसैले सावधान होउ ।
जिउन पाए गरिन्छ रमाइलो फेरि –फेरि जीवनमा नबिर्सिउ
जीवन नै नभए बाँकीके नै रह्यो ? त्यसैले फेरि सावधान होउ ।।

प्रलय आउँछ भनेको सुनेको थिएँ, सायद यही होला
नखाएको विष लाग्छ भनी सुनेको, सायद यही होला ।
नमानी डर हिम्मत गरी,आउन नदिउ दुष्टलाई नजिक आफ्नो
बचाउन जीवन सबैको, फेरि एक पटक हामी सावधान होउ ।।

सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।