आर्यघाटका कर्मचारीले सामान्य खाले माग राख्दै शब जलाउने कार्यमा गतिरोध

आर्यघाटका कर्मचारीले सामान्य खाले माग राख्दै शब जलाउने कार्यमा गतिरोध

कपन अनलाइन\३० पुस, २०७१

अति सामान्यखालको माग राखेर आन्दोलनमा उत्रेका पशुपति आर्यघाटमा शब जलाउने लगायत कार्यमा कार्यरत कर्मचारीले आर्यघाटमा आएका शवको सदगत गर्न गतिरोध उत्पन्न गरेका छन् । पशुपति क्षेत्र विकास कोष र घाट सेवामा कार्यरत कर्मचारीबीच भएको आपसी तनावले उत्पन्न भएको समस्याका कारण सर्वसाधरण मर्कामा परेका छन् । जायज मागप्रति विकास कोष उदासिन भएको भन्दै घाट सेवा केन्द्रका कर्मचारीहरुले घाटका कामहरुमा बन्द गरिएको र भद्र आन्दोलन गरेको जनाएका छन् ।

 

10917403_811821715520886_9050176854401405129_n

पुस २२ गते बिभिन्न माग राखेर विकास कोषमा पत्र दर्ता गराएको कर्मचारीहरुले पशुपति क्षेत्र विकास कोषले पछिल्लो समयमा कर्मचारी र सर्वसाधरणका लागि प्रभाव पार्ने गलत खाले निर्णय गरेकोले कार्यान्वयन रोक्न अनुरोध गरेको जनाएको छ । उनीहरुको मागमा वातावरण शुल्क भनेर यसअघि रु. २०० लिँदै आएकोमा अहिले रु.३२०० बनाएकोमा तीव्र आपक्ति जनाएका छन् भने अर्काे घाट सेवा पसल खोल्न दिएको अनुमतिप्रति पनि बिरोध जनाउँदै तत्काल खारेज गर्न भनेको छ । त्यसैगरी सवदाहमा कार्य गर्न सबै तहका व्यक्तिहरुलाई परिचय पत्र दिन माग गरिएको छ । साथै सवदाहमा काम गर्ने कर्मचारीको विमालगायतको माग पनि गरिएको छ ।
(समाचार श्रोत तथा फोटो श्यामकृष्ण संगत)

10934602_811889902180734_587396875_n

 

10912933_811889818847409_1756365307_n

 

तपाइँको प्रतिक्रिया ।