गोठाटारमा असहाय बाछाबाछी संरक्षणका लागि आधुनिक टहरा निर्माण प्रारम्भ
कपन अनलाइन
काठमाडौं, जेठ ९। असहाय गाईबाछा संरक्षण अभियानले आधुनिक टहरा निर्माण प्रारम्भ गरेको छ गोठाटारमा निर्माण गर्न लागिएको टहराको गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपालको उपस्थितिमा टहरा निर्माणको शनिबार शिलान्यास गरिएको हो ।सडक पेटीका बेवारिसे र विभिन्न स्थानबाट उद्धार गरी ल्याईएका बाछा बाछीको असहाय गाईबाछा संरक्षण अभियानले व्यवस्थापन गर्दै आएको छ ।अभियानले उद्धार गरी छाना, खाना र उपचारको उचित प्रबन्धको सुनिश्चिततासमेत गरेको छ । अबोध र असहाय गाईबाछाका लागि सुबिधासम्पन्न र बिभिन्न समूहका गाईबाछाका लागि अलग टहरा अतिआबश्यक भएको हुँदा स्वयंसेवी अभियन्ताहरुको आर्थिक सहयोग र सकृयतामा टहरा निर्माण गर्न लागिएकोअसहाय गाईबाछा संरक्षण अभियानका इश्वर पुडासैनीले कपन अनलाइनलाइ जानकारी गराए।
उनले २०७६ जेठ १ गते प्रारम्भ भएको असहाय गाईबाछा संरक्षण अभियानले हालसम्म ३५० भन्दा ज्यादा गाईबाछाहरु सडकबाट उठाएर ल्याई उनीहरुलाई नयाँ जिबन दिने प्रयास गरिरहेको छ ।उपत्यका लगायत नजिकका बिभिन्न जिल्लाका सडकमा बिचल्लीमा पारिएका गाईबाछाहरूलाई संकलन गर्दै उनीहरूलाई जीबन दिने कार्यलाईपूर्ण स्वयंसेवी रूपमा सञ्चालन सञ्चालन गरिएको सो अभियान अन्तर्गत पछिल्लो समयमा विभिन्न व्यक्तिहरू आफ्नो जन्मदिन, आफन्तको स्मृतिलगायत विविध शुभकार्यका अवसरमा संरक्षण स्थल आई उनीहरूलाई भोजन गराउने गरिरहेका छन ।
टहरा निर्माणको कार्यका लागि दाताहरुले केहि रकम दिए पनि त्यो पर्याप्त नहुने हुँदा सहयोगी दाताहरुलाई स्व इच्छाले पबित्र कार्यमा सहभागी हुनको लागि पनि उनले अनुरोध गरेका छन ।कोरोना कहर चुलिंदै जाँदा अत्यधिक सतर्कता अपनाउँदै नित्य गौप्राणीको जिबन रक्षा अभियानमा खटिरहेको जानकारी दिएका छन । कोरोनाको विषम परिस्थितिमा झण्डै २०० को संख्यामा रहेका असाहाय बाछा बाछी थपिने क्रम जारी रहेको र त्यीनिहरुका लागि खाद्यान्न जुटाउन समेत ठुलो चुनौती बनेको भए पनि सहयोगी मनहरुले देखाईरहेको हौसला र प्रोत्साहनले उत्साहित बनेको उनि बताउछन ।