अभिभावकले घर बाहिर ननिकालुन्जेल भित्रै संघर्ष गर्छौ : प्रदेस सभा सदस्य कुसुम कुमार कार्की

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ९।

काठमाण्डौ क्षेत्र नं ४ (२ ) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले स्पष्टीकरण सोधिए पछी पहिलो पटक प्रतिक्रिया दिदै अभिभावकले घर बाहिर ननिकालुन्जेल भित्रै संघर्ष गर्ने बताएका छन।

प्रदेस सभा सदस्य कार्कीले भने ,” परिवारमा अभिभावकले अलिकति थर्काउने, विवाद  हुनु जस्तै पार्टी जीवनमा पनि त्यो हुन्छ ,तर अभिभावकले घर बाहिर नै निकाल्ने अवस्था आयो भने परिस्थितिले नया घर बनाउन बाध्य पार्दछ।”

आज ५ बजे सम्म स्पष्टीकरण बुझाउने समय सिमा छ के गर्नुहुन्छ ? भन्ने कपन अनलाइनको प्रश्नमा उनले पार्टी अध्यक्ष र नेतृत्वले घर बाट बाहिर निकालेमा फरक पाटोको संघर्ष समात्नुपर्ने परिस्थिति सृजना हुने बताएका हुन।

वर्तमान समयमा नेकपा एमालेको एकताका लागि २०७५ जेष्ठ २ गतेको अवस्थाका जानुपर्ने आफ्नो माग रहेको भन्दै कार्कीले आज स्पष्टीकरण बुझाउने बताएका छन।

२०७४ शालको संघीय र प्रदेस सभा निर्वाचनमा निकै चासोका साथ हेरिएको काठमाण्डौ क्षेत्र नं ४ को निर्वाचनमा करिव २९ सय मतले विजयी बनेका कार्कीले प्रदेस सभामा चालिने आगामी कदमका वारेमा गम्भीर छलफलमा रहेको बताएका छन।

तपाइँको प्रतिक्रिया ।