गोकर्णेश्वरमा लायन्स क्लबले अक्सिजन सहितको आइसोलेसन केन्द्र संचालन गर्ने तयारी

गोकर्णेश्वरमा लायन्स क्लबले अक्सिजन  सहितको आइसोलेसन  केन्द्र  संचालन गर्ने  तयारी

कपन अनलाइन

काठमाडौं, जेठ ८। गोकर्णेश्वर नगरपालिका ४ राष्ट्रिय सहिद तथा शान्ति पार्क,यज्ञडोल (जगडोल) सामुदायिक वनमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ ले  पुन नि:शुल्क अक्सिजन सहितको आइसोलेसन सेन्टर संचालन गर्ने सम्बन्धमा छलफल भएको छ ।आज उक्त स्थानमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले गोकर्णेश्वर नगरपालिका संगको सहकार्यमा बिगतमा जस्तै आइसोलेसन सेन्टर संचालनको लागि नगर प्रमुख  सन्तोष चालिसे संग छलफल  भएको हो।उक्त स्थानमा आइसोलेसन संचालनका लागि नगरपालिकाले आवश्यक स्वास्थ्यकर्मी एम्बुलेन्स  सुरक्षाको लागि नगर प्रहरीको व्यवस्थापन गर्ने र अन्य व्यवस्थापन र अक्सिजनको जिम्मा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ले लिने भएको छ ।

 विषम परिस्थितिमा  लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए-१ को  सहयोगमा चन्द्रागिरी नगरपालिका वडा नं-३ र १२ मा विभिन्न स्वास्थ्य सामाग्री सहयोग गर्नुको साथै नवनिर्मित भवनमा  ३० बेडको  आइसोलेसन सेन्टर सञ्चालन भएको छ । जहाँ लायन्स क्लबले विभिन्न स्वास्थ्य सामाग्री सहयोग गरेको हो  लायन्सले अक्सिजन थेरापी सेन्टरमा अक्सिमिटर,  पीपीई, सहयोग गर्दै आएको छ  भने प्रहरी प्रभागहरुला अक्सिजन सहित छुट्टै आइसोलेसन कक्ष निर्माणमा पनि सहयोग गर्दै आएको  छ।

डिस्ट्रिक अन्तर्गतका क्लबहरूले ज्याला मजदूरी तथा श्रमजीविहरूलाई नियमित रूपमा खाद्यान्न सहयोग गरिरहेको पूर्व डिस्ट्रिक गभर्नर तथा हालका मल्टिपल डिस्ट्रिक- जीएसटि (ग्लोबल सर्भिस टिम) कोअर्डिनेटर लायन अनन्त प्रसाद भेटुवालले जानकारी दिएका छन  ।   त्यसमाथि यसपटकको  कोभिड अलि जटिल संक्रामक देखिएको र कति पय लायन्स सदस्यहरुले समेत जीवन गुमानु परेको धेरै जना संक्रमित भएर होम आइसोलेसन ,अस्पतालहरुमा उपचार गराईरहेको बताए होम आइसोलेसनमा बसेका साथिहरु भौतिक रुपमा उपस्थित भएर सहयोग गर्न नसकेपनि आर्थिक सहयोग गरिरहेको जानकारी । यस्तोबेला पनि सहयोग गर्ने सम्पूर्ण लायन्स मित्र तथा क्लबहरूप्रति आभारी रहेको बताएका छन ।

तपाइँको प्रतिक्रिया ।