कागेश्वरीको गोठाटार स्वास्थ्य चाैकीबाट जेठ ७ गते सम्ममा १ हजार ८ सय २ जनाले चिनिया भेरोसेल खोपको दोस्रो डोज लगाए

कागेश्वरीको गोठाटार स्वास्थ्य चाैकीबाट जेठ ७ गते सम्ममा १ हजार ८ सय २ जनाले चिनिया भेरोसेल खोपको दोस्रो डोज लगाए

कपन अनलाइन

काठमाडौं ,जेठ ८। कागेश्वरी मनोहरा  नगरपालिकामा जेष्ठ २ गते देखी कोभिड -१९  विरुद्धको चिनियाँ भेरोसेल (दोस्रो मात्रा) खोप अभियान सञ्चालन भईरहेको छ । कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ९ मा रहेको गोठाटार स्वास्थ्य चौकीबाट जेठ २ गते आइतबार  सामाजिक दुरी कायम गरि  २ सय ९७ जनालाई दोस्रो चरणको भेरोसेल खोप लगाइएको थियो भने दोस्रो दिन जेठ ३ गते सोहि  स्वास्थ्य चौकीबाट ११४ महिला र १६१ पुरुष गरी जम्मा २७५ जनाले भेरोसेल खोप लगाएको  नगर प्रमुख कृष्णहरि थापाले  जानकारी गराए ।

त्यसै गरि उनले जेठ २ गते देखि  जेठ ७ गते शुक्रबार सम्ममा नगरका ७४५जना महिला र १ हजार ५७ जना पुरुष गरि कुल १ हजार ८ सय २ जनाले  कोभिड -१९  विरुद्धको चिनियाँ भेरोसेल (दोस्रो मात्रा) खोप लगाएको उनले जानकारी गराए  ।चैत ३१ र बैशाख २ गते खोप लगाएकाले जेष्ठ ४ गते, बैशाख ३ र ४ गते लगाएकाले जेष्ठ ५ गते, बैशाख ५ र ६ गते खोप लगाएकाले जेष्ठ ६ गते बैशाख ७, ८, ९ र १० गते पहिलो खोप लगाएकाहरुले जेष्ठ ७ गते दोस्रो डोज खोप  लगाएका थिए त्यसैगरि  बैशाख ११ र १२ गते लगाएकाले जेष्ठ ८ गते, बैशाख १३ गते पहिलो डोज लिएकाले जेष्ठ ९ गते दोस्रो डोज लिन सक्नेछन्।त्यसैगरी बैशाख १४ गते पहिलो डोज लिएका व्यक्तिहरुले जेष्ठ १० र बैशाख १५ गते खोप लिएकाले जेष्ठ ११ गते दोस्रो डोज लगाउन सक्नेछन्। पहिलो डोजको खोप लिएकाहरुले बिहान १० देखि ४ बजेसम्म खोप केन्द्रमा गएर खोप लिन सक्नेछन्।

 

तपाइँको प्रतिक्रिया ।