बागमती प्रदेसमा नेकपा एमालेका १४ प्रदेस सभा सदस्यहरुलाई स्पष्टीकरण सोधियो

बागमती प्रदेसमा नेकपा एमालेका १४ प्रदेस सभा सदस्यहरुलाई स्पष्टीकरण सोधियो

कपन अनलाइन

हेटौडा ,जेष्ठ ८।

नेकपा एमाले बागमती प्रदेस संसदीय बोर्डको बैठकले पार्टीको निर्णय विरुद्ध गतिविधि गर्ने १४  प्रदेस सभा सदस्यहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको  छ।

बोर्डको आज हेटौडा मुख्यमन्त्री निवासमा बसेको बैठकले प्रदेसमा अविस्वासको प्रस्ताव पेश गर्ने देखि लिएर रास्ट्रिय सभाको उपनिर्वाचन सम्म पार्टी निर्णय विरुद्ध उभिएका प्रदेस सभा सदस्यहरुलाई भोलि बेलुका ५ बजे सम्म स्पष्टीकरण बुझाउन निर्देशन दिएको हो।

नेकपा एमाले बागमती प्रदेसको सो बैठकले संसदीय परम्परा र पार्टीको नीति विपरित निरन्तर गतिविधि गर्दै आएका १३ जना प्रदेस सभा सदस्यहरुलाई स्पष्टीकरण सोधिएको जानकारी दिदै मुख्य सचेतक दीपक निरौलाले थप कारवाही उनीहरुको जवओफ आएपछि तय हुने बताएका छन।

सो बोर्ड बैठकले प्रदेस सभा सदस्यहरु अस्ट लक्ष्मी शाक्य ,राजेन्द्र प्रसाद पाण्डे ,अरुण प्रसाद नेपाल ,रचना खड्का ,कुसुम कुमार कार्की ,मनु सिग्देल ,बसुन्धरा हुमागाई ,लक्ष्मण लम्साल ,इन्द्रमाया गुरुङ ,कृष्ण प्रसाद खनाल ,बसन्त मानन्धर ,शान्ति प्रसाद पौडेल,पार्वती सिलवाल  र मिना ज्ञवालीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

उक्त बैठकले कोभिड -१९ प्रकोप नियन्त्रण र रोकथामका लागि प्रदेस सरकारले अहिले सम्म गरेको कामको लागि धन्यवाद दिदै आगामी दिनका थप प्रभावकारी ढंगले लाग्नका लागि निर्देशन दिनुका  साथै प्रदेस सभा सदस्य पशुपति चौलागाईको निधन भएको दुखद अवसरमा श्रदान्जली ब्यक्त गरेको थियो।

बागमती प्रदेसको संसदीय १५ सदस्यीय बोर्डमा उपनेता र सचेतक चयन नभएको अवस्थामा १३ सदस्य रहेका छन जसका तिन सदस्यहरुलाई आज स्पष्टीकरण सोधिएको छ।

आजको बैठकले निमन्त्रणा गरी पनि पाण्डे र नेपाल स्वास्थ्यको कारण देखाउदै अनुपस्थित रहेको मुख्य सचेतक निरौलाले बताएका छन् ।

तपाइँको प्रतिक्रिया ।