अलकायदाले लियो चार्ली हेब्डो आक्रमणको जिम्मा

अलकायदाले लियो चार्ली हेब्डो आक्रमणको जिम्मा

20c26643ce89cde0a9301a9f41cee552

कपन अनलाइन\पुस ३०, २०७१

फ्रान्सको पत्रिका चार्ली हेब्डोमा १२ जनाको ज्यान जाने गरी भएको आक्रमणको जिम्मा अलकायदाले लिएको छ । आक्रमणमा ज्यान जानेमध्ये ९ जना पत्रकार रहेका थिए ।अलकायदाको यमस्थित कार्यालयले आक्रमणको जिम्मा लिएको छ । मोहम्मदको कार्टुन छापिएकै कारण आक्रमणमा परेको चार्ली हेब्डोले बुधबारदेखि फेरि प्रकाशन सुचारु गरेको छ । बुधबारको प्रकाशनमा पनि पैगम्बर महम्मदकै कार्टुन छापिएको छ । कार्टुनमा महोम्मदले ‘म शार्ली हुँ’ लेखिएको प्लेकार्ड बोकेका छन् ।

तपाइँको प्रतिक्रिया ।