काठमाडौँमा बन्दले जनजीवन प्रभावित, सर्वसाधरणलाई सास्ती

कपन अनलाइन\पुस २९, २०७१

अशोकराज पाण्डे\ काठमाडौ, पुस २९ – एमाओवादी नेतृत्वको ३० दलीय मोर्चा र मोहन बैद्य नेतृत्वको नेकपा-माओवादीको बन्दले उपत्यका र आसपासका जिल्लाको जनजीवन प्रभावित बनेको छ । उपत्यका लगायत आसपासका जिल्लामा बिहानैदेखि सवारी चलेका छैनन् । पसल र व्यवसायहरु बन्द छन् । मोर्चा र माओवादीका कार्यकर्ताहरू ठाउँँठाउँमा बसेर छिटफुटरुपमा चलेका सवारी आवागमनमाअसर पुर्‍याइरहेका छन् ।



काठमाडौंमा बन्दकर्ताहरू कोटेश्वर, महाराजगञ्ज चोक, बानेश्वर, गौशाला, चाबहिल लगायतका स्थानमा बसेर अवरोध पुर्‍याइरहेका छन् भने सरकारले सुरक्षा संवेदनशीलतालाई मध्येनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ । बन्दले सवारी साधन नचलेपछि सर्वसाधारण भने पैदल नै आफ्नो गन्तव्यतिर गईरहेका छन् ।

तपाइँको प्रतिक्रिया ।