कागेश्वरीको मुलपानी नगर अस्पताललाई स्थानीय बिराज पण्डित द्वारा ५ लाख सहयोग गर्ने प्रतिबद्धता

कागेश्वरीको मुलपानी नगर अस्पताललाई स्थानीय बिराज पण्डित द्वारा ५ लाख सहयोग गर्ने प्रतिबद्धता

कपन अनलाइन

काठमाडौं जेठ ७ ।कागेश्वरी मनोहरा नगरपालिकाले संचालन गरेको मुलपानी नगर अस्पताललाई कागेश्वरी मनोहरा नगरपालिका वडा नं. ४ निवासी बिराज पण्डितले रु ५ लाख सहयोग गर्ने प्रतिबद्धता जनाएका छन।नगरपालिकाले संचालन गरेको मुलपानी नगर अस्पतालको लागि   ICU with Ventilator र Oxygen Generator Plant  खरिद गर्ने प्रकृया पूरा गरी बोलपत्र आब्हान गरिसकेको  छ ।

उक्त सामान खरिदको लागि कागेश्वरी मनोहरा नगरपालिका वडा नं ४ निवासी बिराज पण्डितले रु. ५ लाख सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरेका हुन्  ।नगर प्रमुख कृष्णहरी थापाले बिराज पण्डितलाई रु. ५ लाख सहयोग गर्ने प्रतिबद्धताका लागि  व्यक्तिगत र नगरपालिकाका दुवैको तफबार्ट प्रशंसा सहित धन्यबाद व्यक्त गरेका छन् ।

 

तपाइँको प्रतिक्रिया ।