दक्षिणकाली नगरपालिकालाइ स्वास्थ्यकर्मी आवश्यकता

दक्षिणकाली नगरपालिकालाइ  स्वास्थ्यकर्मी आवश्यकता

कपन अनलाइन

काठमाडौँ, जेठ ७। दक्षिणकाली नगरपालिकाले  करारमा  मेडिकल अधिकृत र स्टाफ नर्स भर्ना गर्न निवेदन आह्वान गरेको छ नगरपालिका अन्तर्गत संचालनमा आएको चाल्ना खेल प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसन सेन्टरमा निम्न संख्यामा योग्य जन शक्ति आइसोलेसन सेन्टर संचालन अवधिभरका लागि सेवा करारमा लिनु पर्ने भएकोले योग्यता पुगेको नेपाली नागरिकहरुले सुचना प्रकाशित भएको मितिले २ दिन २०७८ साल जेठ ७ गते भित्र कार्यलय समयमा नगरपालिकामा निवेदन दिन अनुरोध गरेको छ ।मेडिकल अधिकृत आठौ१ जना  प्रारिश्रमिक ४०, ३८० , स्टाफ नर्स ४ जना पारिश्रमिक २०,००० हजार तोकिएको उक्त पदको लागि अन्तर्वार्ता बाट (सर्ट लिष्टमा छनौट भएकाहरुलाई मात्र अन्तर्वार्तामा समाबेश गराइने )न्युनतम शैक्षिक योग्यता मेडिकल अधिकृत : नेपाल सरकार  बाट मान्यता प्राप्त शैक्षिक संस्थाबाट  MBBS वा सो सरह योग्यता प्राप्त गरि NMC को प्रमाण पत्र प्राप्त गरेको, स्टाफ नर्सको हकमा नेपाल सरकार  बाट मान्यता प्राप्त शैक्षिक  संस्था बाट नर्सिङ बिषयमा प्रविणता प्रमाण पत्र तह उत्तीर्ण गरि नेपाल नर्सिङ काउन्सिलको प्रमाण पत्र प्राप्त गरेको ,सर्ट लिष्टको आधार:  कार्य अनुभब, योग्यता र स्थानीयता तोकिएको छ ।

निवेदनको साथ संलग्न गर्नु पर्ने कागजातहरुमा उम्मेदवारको व्यक्तिगत बिवरण, शैक्षिक प्रमाण पत्रहरुको प्रमाणित प्रतिलिपि , नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि, अनुभबको प्रमाणित प्रतिलिपि, सबै प्रमाणपत्रहरु उम्मेदवार स्वयम्ले सक्कल बमोजिम भएको प्रमाणित गरेको हुनु पर्ने ,समकक्षता चाहिनेको हकमा समकक्षता प्रमाण पत्रको प्रतिलिपि पेश गर्नु पर्ने उमेम्द्वार दरखास्त दिने अन्तिम मिति सम्म १८ बर्ष पुरा भई ४० बर्ष ननाघेको हुनु पर्ने लेखिएको छ।

निवेदन दक्षिणकाली नगरपालिकाको कार्यालय फर्पिंग काठमाडौं वा नगरपालिकाको इमेल info@ dakshinkaalimun.gov.np मा इमेल मार्फत पेश गर्न सकिने उल्लेख गरिएको छ। साथै दक्षिणकाली नगरपालिकाको कार्यालयमा मिति २०७८ साल जेठ ८ गते बिहान ११ बजे परिक्षा हुने र कर्मचारी छनौट गर्ने तथा नगर्ने सम्पूर्ण अधिकार  दक्षिणकाली नगरपालिकामा निहित हुने जानकारी गराइएको छ  ।

तपाइँको प्रतिक्रिया ।