हाल सम्म गोकर्णेश्वर नगरपालिकाका ८७३जनाले कोरोना जिते, ३१ जना कोरोना संक्रमितको निधन
कपन अनलाइन
काठमाडौं, जेठ ७। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ६ गते सम्ममा ७६४ जना पुरुष र ६२१ जना महिला गरि कुल १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । कुल संक्रमित मध्ये ४९९ जना पुरुष र ३७४ जना महिला गरि कुल ८७३जनाले कोरोना जितेका छन ।हाल सम्म नगरपालिकाका १८ जना पुरुष र १३ जना महिला गरि कुल ३१ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा २४७जना पुरुष र २३४ जना महिला गरि कुल ४८१ जना सक्रिय संक्रमित रहेको जानकारी गराएको छ ।
हाल सम्म ७जना पुरुष र १३ जना महिला गरि कुल २० जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २३२ जना पुरुष र २१३ जना महिला गरि कुल ४४५ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ ।हाल सम्म नगरपालिकामा ३४४ जना पुरुष र ४२६ जना महिला गरि कुल ७७० जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ५६ जना पुरुष र ८२ जना महिला गरि १३८ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले १९८२ जना पुरुष र १८७१ जना महिला गरि कुल ३८५३ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ ।
कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको प्रयोग अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न अनुरोध गरेका हुन् ।