कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको संख्या १ हजार ९३ पुग्यो,कुन वडामा कति संक्रमित ?
कपन अनलाइन
काठमाडौं, जेठ ७ ।कागेश्वरी मनोहरा नगरपालिकामा जेठ ६ गते थप ६८ जनामा संक्रमण पुष्टि भएसँगै नगरपालिकामा कोरोना संक्रमितको संख्या १०९३ जना पुगेको नगर प्रमुख कृष्णहरी थापाले जानकारी दिएका छन ।दोस्रो कोरोना भेरिएण्टबाट २०७७ चैत्र १९ गते देखि २०७८ जेठ ६गते सम्ममा १0९३ जनामा सक्रमण पुष्टि भएको र त्यस मध्ये २४५ जनाले कोरोनालाइ जितेर घर फर्किएको प्रमुख थापाले जानकारी गराए ।उनले कुल संक्रमित मध्ये ८२३ जना सक्रिय संक्रमित रहेको जानकारी गराउदै हाल सम्म नगरपालिकाका २२जनाको कोरोनाको कारण मृत्यु भएको पनि जानकारी गराएका छन ।नगरपालिकामा कोरोना संक्रमण दर दिनप्रतिदिन भयावह बन्दै गएको भन्दै निषेधाज्ञाको समयमा अनावश्यक आवतजावत नगर्न, सुरक्षितसाथ घरमै बस्न थापाले नगरवासी समक्ष अनुरोध गरेका छन् ।उनले सामाजिक र भौतिक दूरी कायम गरि अनिवार्य रुपमा सही तरिकाले मास्कको प्रयोग गर्न अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर सहयोग गर्न नगरबासीहरुलाई अनुरोध गरेका छन ।
कागेश्वरी मनोहरा नगरपालिकाका कुन वडा मा कति संक्रमित ?
१- कागेश्वरी मनोहरा वडा नं. १ मा पुरूष – १२ जना महिला – १० जना गरि कुल २२ जना
२ – कागेश्वरी मनोहरा वडा नं. २ मा पुरूष – १३ जना महिला – ७ जना गरि २० जना
३ – कागेश्वरी मनोहरा वडा नं. ३ मा पुरूष – १२ जना महिला – १० जना गरि २२जना
४ – कागेश्वरी मनोहरा वडा नं. ४ मा पुरूष – २५ जना महिला – १३ जना गरि ३८जना
५ – कागेश्वरी मनोहरा वडा नं. ५ मा पुरूष- ३६ जना महिला- ४१ जना गरि ७७ जना
६ – कागेश्वरी मनोहरा वडा नं. ६ मा पुरूष- ८६ जना महिला- ६१ जना गरि १४७जना
७ – कागेश्वरी मनोहरा वडा नं. ७ मा पुरूष- ८९ जना महिला- ७९ जना गरि १६८ जना
८- कागेश्वरी मनोहरा वडा नं. ८ मा पुरूष ५२ जना महिला ४४ जना गरि ९६ जना
९ – कागेश्वरी मनोहरा वडा नं. ९ मा पुरूष २४४ जना महिला २५९ जना गरि ५०३जना रहेको त्यस मध्य सबै भन्दा धेरै कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ९ मा पुरूष २४४ जना र महिला २५९ जना गरि कुल ५०३ जनामा कोरोना पोजेटिभ देखीएको छ ।