जिल्लामा ल्याव नहुदा ओखलढुंगाका नागरिकको दुख : स्वाव परिक्षणका लागि काठमाण्डौ पठाइयो

जिल्लामा ल्याव नहुदा ओखलढुंगाका नागरिकको दुख : स्वाव परिक्षणका लागि काठमाण्डौ पठाइयो

कपन अनलाइन

ओखलढुंगा ,जेष्ठ ६।

जिल्लाको मोलुङ गाउँपालिकाबाट १ सय ५८ जनाको स्वाब पीसीआर परीक्षणका लागि काठमाडौँ पठाइएको छ । मोलुङ गाउँपालिकाका कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङमा परेकाहरु र लक्षण देखिएकाहरुको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएको हो।

मोलुंग संगै अन्य गाउँ पालिकामा संकलन भएका स्वाव बिराटनगर वा काठमाण्डौ पठाईएको छ।

जिल्लामा परिक्षणको ल्याब नहुदा स्वाव संकलन गरेको धेरै दिन पछी सम्म पनि रिपोर्ट पर्खनुपर्ने बाध्यतामा रहेका ओखलढुंगाका स्थानीयहरुले ल्याव स्थापनाको जोडदार माग गरे पनि हाल सम्म कुनै सुनुवाई भएको छैन।

त्यस्तै जिल्ला स्वास्थ्य कार्यालयमा सवारी साधन र अन्य सामाग्रीहरुको अभाव हुदा जिल्लाको समुदाय स्तरमा फैली सकेको कोरोना प्रकोप नियन्त्रण र रोकथाम निकै चुनौतीपूर्ण बन्ने देखिन्छ।

 

तपाइँको प्रतिक्रिया ।