हाल सम्म गोकर्णेश्वर नगरपालिकाका ७९५ जनाले कोरोना जिते

हाल सम्म गोकर्णेश्वर नगरपालिकाका ७९५ जनाले कोरोना जिते

कपन अनलाइन

काठमाडौं, जेठ ६ ।गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ५ गते सम्ममा ७३० जना पुरुष र ५९२   जना महिला गरि कुल १३२२   जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ । कुल संक्रमित मध्ये  ४४८जना पुरुष र ३४७  जना महिला गरि कुल ७९५ जनाले  कोरोना जितेका छन  ।हाल सम्म नगरपालिकाका  १६ जना पुरुष र १२ जना महिला गरि कुल २८ जनाको कोरोना संक्रमण बाट मृत्यु भएको जनाएको छ। त्यसै गरि हाल नगरपालिकामा २६६ जना पुरुष र २३३ जना महिला गरि कुल ४९९ जना सक्रिय संक्रमित रहेको जानकारी गराएका छन् ।

हाल सम्म ३ जना पुरुष र १४ जना महिला गरि कुल १७ जना अस्पतालको आइसोलेसनमा रहेका छन् भने २५७ जना पुरुष र २१२ जना महिला गरि कुल ४६९ जना होम आइसोलेसनमा रहेको जानकारी गराएको छ  ।हाल सम्म नगरपालिकामा  ३४३  जना पुरुष र ४२१  जना महिला गरि कुल ७६४ जनाको एन्टीजेन प्रबिधि मार्फत कोरोना परिक्षण गरिएको र उक्त परिक्षण गर्दा ५६ जना पुरुष र ८० जना महिला गरि १३६ जनामा पोजेटिभ देखिएको जनाएको छ ।त्यसै गरि हाल सम्म नगरपालिकाले  १९६५ जना पुरुष र १८०९ जना महिला गरि कुल ३७७४ जनाको पी सी आर परिक्षण गरिएको जनाएको छ  ।

कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्कको  प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।