गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १३ सय २२ पुग्यो वडागत बिवरण सहित

गोकर्णेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या १३ सय २२  पुग्यो वडागत बिवरण सहित

कपन अनलाइन

काठमाडौं जेठ ६। गोकर्णेश्वर नगरपालिकामा २०७७ साल चैत्र १२ गते देखि २०७८ जेठ ५  गते सम्ममा ७३०  जना पुरुष र ५९२   जना महिला गरि कुल १३सय २२  जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिका स्वास्थ्य शाखाले जानकारी गराएको छ ।

 

गोकर्णेश्वर नगरपालिकाका कुन वडा मा कति  कोरोना संक्रमित ?

गोकर्णेश्वर नगरपालिका वडा नं १ मा २४ जना पुरुष र १५ जना महिला गरि कुल ३९  जना

वडा नं २ मा ३४ जना पुरुष र २५ जना महिला गरि कुल ५९ जना

वडा नं३ मा ४०   जना पुरुष र २०   जना महिला गरि कुल ६०  जना

वडा नं ४ मा ११६  जना पुरुष र ९७ जना महिला गरि कुल २१३  जना

वडा  नं ५ मा  १३७ जना पुरुष र  १०५   जना महिला गरि २४२ जना

वडा नं ६ मा १५०  जना पुरुष र १२६   जना महिला गरि २७६ जना

वडा नं ७ मा ५४ जना पुरुष र ५३ जना महिला गरि कुल १०७  जना

वडा नं  ८ मा १३३ जना पुरुष र ११८ जना महिला गरि कुल २५१ जना

वडा नं ९ मा ४२  जना पुरुष र ३३जना महिला गरि कुल ७५  जना संक्रमित   रहेको जनाएको छ।

हाल सम्म गोकर्णेश्वर नगरपालिका वडा नं ६ मा सबै भन्दा बढी २७३ जनामा कोरोना संक्रमित भेटिएको छ।कोरोनाको कहर पुन बढ्दै गए पछि थप सतर्कता अपनाउन स्वास्थ्य शाखाका प्रमुख हरि प्रसाद उपाध्यायले  अनुरोध गरेका छन ।उनले सामाजिक र भौतिक दूरी कायम गर्न र अनिवार्य रुपमा मास्को प्रयोग  अनुरोध गर्दै कोरोना रोकथामका लागि जनस्वास्थ्यका मापदण्ड पालना गरेर  सहयोग गर्न अनुरोध गरेका हुन् ।

तपाइँको प्रतिक्रिया ।