लायन्स क्लवको इन्टरनेसनल डाइरेक्टर (ID) का लागि तीन लायन लिडरहरु मैदानमा

लायन्स क्लवको इन्टरनेसनल डाइरेक्टर (ID) का लागि तीन लायन लिडरहरु मैदानमा

कपन अनलाइन

काठमाडौँ,जेठ ६/ विकल सापकोटा

 सामाजिक तथा मानवीय सेवामा क्रियाशील लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ मल्टिपल कन्भेन्सन आगामी जेठ २१ र २२ गते हुँदैछ । कन्भेन्सनबाट इन्टरनेशनल डाइरेक्टर पनि छनोट हुनेछ । इन्टरनेशनल डाइरेक्टरमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५  ए १ बाट लायन खगेन्द्र सिटौलाले उम्मेदवारी दिएका छन । उनीसँग मैदानमा लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बि १ बाट बालकृष्ण बुर्लाकोटी  र लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ ए २बाट शम्भुप्रसाद  घिमिरे प्रतिष्पर्धामा उत्रिएका छन् । नेपालमा ए१, ए२, बी१ र बि२ गरी चार वटा डिस्ट्रिक्ट छन् । नेपालमा रहेका चारवटै डिस्ट्रिक्टमा अहिले चुनावी माहोल तातेको छ ।

को हुन् मैदानमा उत्रिएका लायन्स लिडरहरु ?

१.  लायन खगेन्द्र सिटौला

लायन्स क्लब इन्टरनेशनल पुर्व काउन्सिल चियरपर्सन तथा ग्लोबल एक्सन टिम एरिया लिडर लायन खगेन्द्र सिटौला पी एम जे एफ (१६ डाइमण्ड)सेकन्ड सेन्चुरी एम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा इन्डोर्सी पदका  उम्मेदवार हुन् ।

खगेन्द्र सिटौला सन्  १९९७ मा लायन्स क्लब दिङला भोजपुरको  संस्थापक सदस्यको रुपमा रुपमा लायन्स क्लबमा प्रवेश गरेका थिए ।  उक्त क्लबमा उनले २००२ -०३ को क्लब अध्यक्षका रुपमा काम गरे  ।

त्यसै गरि २००२-०४ सम्म जोन चियर पर्सन हुँदै उनी सन् २००४-०५का क्याबिनेट सेक्रेटरी बने भने २००६-०७का डिस्ट्रिक ३२५ ए का डिस्ट्रिक गभर्नरको रुपमा चयन भए ।  यस बखत उनले सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका थिए ।

अन्तर्राष्ट्रिय लायन्सको क्षेत्रमा उनि आफू गभर्नर हुँदा धेरै नयाँ रेकर्ड बनाउन सफल भएका थिए । आफ्नो गभर्नरकाल(२००६- 0७)मा   सर्वोच्च शिखर सगरमाथामा लायन्सको झण्डा समेत फहराउन सफल सिटौलाले आज नेपालको झण्डा विश्वको २ सय भन्दा बढी राष्ट्रहरुमा फहराउन अघि बढेका छन् ।

 विश्वका २ सय भन्दा बढी देशमा फैलिएको लायन्स क्लब मार्फत उनी यस अभियानलाई सफल पार्न कम्मर कसेर लागेका छन् । त्यसै गरि  तत्कालिन काउन्सिल चियरपर्सन (२०१२- २०१३) नेपाल लायन्सको इतिहासमा पहिलोपटक लायन्सको हुलाक टिकट प्रकाशन गरि विश्वमा चिनाउन समेत  सफल नेतृत्वको परिचायक बनेका लायन्स लिडर खगेन्द्र सिटौलाको अनुभव, खारिएको प्रतिभा, समाजसेवामा सक्रिय भूमिका  र कार्यकौशलताले लायन्सको साँखलाई उचो पार्दै अघि बढन मार्ग प्रशस्त गर्नेमा शंका गर्नुपर्ने  ठाउँ देखिन्न । लायन्स अन्तर्राष्ट्रियको कन्भेन्सनमा आफ्नो महत्वपूर्ण प्रस्तुति राखिसकेका सिटौला नेपाली लायन्सको हरेक सदस्यहरु माझ भिजेर काम गरेकाले देशभरका लायन्स सदस्यहरुको मन र विश्वास जित्नेमा आफू ढुक्क  रहेको बताउँछन् ।

लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेर संसारभर नेपालको झण्डालाई चिनाउने अभियानमा लाग्ने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । लायन्सको अन्तर्राष्ट्रिय डाइरेक्टर बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उनले बताए।

नेपाल लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ,’ उनले भने, ‘आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्स मार्फत संसारभर चिनाउनेछु ।’

यस अगाडि ईन्जिनियर लायन सञ्जय खेतान नेपालको तर्फवाट अन्तर्राष्ट्रिय डाइरेक्टर बनेका थिए । अब सन्जय खेतानलाई लायन्सको अन्तर्राष्ट्रिय अध्यक्ष बनाउने अभियानमा समेत आफूले भूमिका खेल्ने लायन सिटौला बताउछन। आफूलाई अन्तर्राष्ट्रिय निर्देशकमा विजयी गराउनका लागि सबैको सहयोगको खाँचो रहेको भन्दै सिटौलाले लायन्सको गरिमालाई थप उचाइमा पुर्याउन आफूले भूमिका खेल्ने बताएका छन् ।

 

 २. लायन  बालकृष्ण बुर्लाकोटी

लायन्स क्लब्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालका पूर्वगभर्नर  बालकृष्ण बुर्लाकोटी सेकन्ड सेन्चुरी एम्बेसडर लायन्स क्लबको इन्टरनेशनल डाइरेक्टरमा इन्डोर्सी पदका  उम्मेदवार हुन्।

 लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५ नेपालका पूर्व चियरपर्सन भएर काम गरिसकेका बुर्लाकोतिले मल्टिपलमा लायन्स फन्डको सुरुवात गर्नेदेखि मल्टिपलको सचिवालयलाई चलायमान बनाउँदै संस्थागत गर्न महत्वपूर्ण भूमिका खेलेका छन।

सन  २००८/०९ मा लायन्स क्लब काठमाडौं गोंगबु बाट  चार्टर प्रेसिडेन्ट हुँदै लायन्स यात्रा शुरु गरेका उनि लायन वर्ष २०१६/ १७ मा डिस्ट्रिक गभर्नर हुदै लायन वर्ष २०१७/१८ मा मल्टिपल काउन्सिल चियरपर्सन भएर काम गरिसकेका छन।

लायन्स बर्ष सन्२०१८  देखि हाल सम्म एल सी आइ एफ एरिया  लिडर रहनु को साथै सन् २०१८ देखि हाल सम्म अन्तर्राष्ट्रिय कन्भेन्सन कमिटि चियरपर्सन मल्टिपल डिस्ट्रिक ३२५को रुपमा काम गरिरहेका छन।

लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा १०० वटा क्लब खोलेर उनले विश्व रेकर्ड नै बनाएका थिए । २ हजार ८ सय ६३ मेम्बरसिप ग्रोथ तथा सय वटा एमजेएफ कन्ट्रिव्युसन गराउन उनी सफल भएका थिए। गभर्नर हुँदा होस् वा अन्य जिम्मेवारीमा रहँदा उनले लायन्समार्फत सामाजिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका छन् । इन्टनेशनल डाइरेक्टर बनेपछि आफूले संसारभर नेपाललाई चिनाउन लागिपर्ने प्रतिबद्धता जनाएका छन ।

 ३. लायन शम्भु प्रसाद  घिमिरे

लायन्स क्लब इन्टरनेसनल डिष्ट्रिक ३२५ ए२ को जीएलटी मल्टिपल एरिया लीडर तथा पीडिजी लायन शम्भुप्रसाद घिमिरे लायन्स क्लब इन्टरनेशनल डाइरेक्टर इन्डोर्सी पदका  उम्मेदवार हुन । लायन्स क्लब रामेछाप बाट लायन्स यात्रामा प्रबेश गरेका घिमिरेले डिस्ट्रिक गभर्नर रहदा धेरै उल्लेख्य मानवीय र सामाजिक काम गरेका छन ।

सबैलाई साथ लिएर हिंड्ने मृदु भाषी सालीन व्यक्तित्वका धनि घिमिरेले लायन्स अन्तर्राष्ट्रिय डाइरेक्टर बनेमा धेरै भन्दा धेरै स्थायी परियोजनाहरु नेपालमा ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तर्राष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने बताएका छन।उनि  भन्छन नेपाल लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ, ‘आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्स मार्फत संसारभर चिनाउने अभियान लाग्नेछु ।

तपाइँको प्रतिक्रिया ।