ओखलढुंगाका समुदायमा कोरोना संक्रमण,परिक्षण ल्याब छैन किटको अभाव
कपन अनलाइन
काठमाण्डौ ,जेष्ठ ५।
ओखलढुंगा जिल्लामा संक्रमितकाे संख्या १७० पुगेकाे छ । बुधवार मात्र जिल्लाका चिशंखुगढीमा २२, सुनकाेसीमा १९ र लिखु गाउँपालिकामा २५ जना संक्रमित भएको रहेकाे स्वास्थ्य कार्यालयले जानकारी दिएको छ।
पछिल्लो चरणमा देशका अन्य भाग बाट जिल्ला फर्किएकाहरुमा संक्रमणको जोखिम देखिएको अवस्थामा जिल्लामा किटको अभाव देखिएको छ भने ल्याब अभावका कारण रिपोर्ट आउन पनि धेरै दिन पर्खनुपर्ने बाध्यतामा स्थानीयहरु रहेका छन।
यसै विचमा कोरोना संक्रमणको दोश्रो लहरमा लर्बराएका स्थानीय तहहरुले आवस्यक तयारी गर्न नपाउदै संक्रमणको सामना गरेका छन भने तत्काल परिक्षण र रिपोर्टका लागि जिल्ला स्वास्थ्य कार्यालयमा पनि सवारी अभाव देखिएको छ।
ल्याब परिक्षणका लागि काठमाण्डौ,बिराट नगर जस्ता शहरमा लैजानुपर्ने बाध्यतामा रहेका ओखलढुंगा जिल्लाका समुदायमा कोरोना संक्रमण फैलिए संगै जिल्लाका जिम्मेवार ब्यक्तिहरु प्रति आक्रोस पनि बढ्दै गएको एक शिक्षक बताउछन।
यसरी जिल्लाका मन्त्रि ,सांसद ,पुर्व सांसद ,प्रदेस सभा सदस्य ,जिसस र स्थानीय तहका जनप्रतिनिधि प्रति बढेको असन्तुस्टीलाई अवसर बनाएर जिल्लामा तत्काल परिक्षण ल्याब स्थापना गर्नुपर्ने बताउदै उनले यो विषयमा राजनीतिकरण भए स्थिति भयावह हुने धारणा राखेका छन।
कोरोनको दोश्रो लहरमा देखिएको संक्रमणका विरुद्ध लडनका लागि जिल्ला र जिल्ला बाट बाहिर बस्ने सबैको सामुहिक पहलको आवस्यकता रहेको बताउदै एक युवाले तत्काल पहल शुरु गर्नका लागि सरोकारवाला सबै संग आग्रह गरेका छन।