मानव अधिकारका लागि महिला (WHR) को सत्कर्म : अग्रमोर्चाका स्वास्थ्यकर्मीहरुलाई स्वस्थ भोजन

मानव अधिकारका लागि महिला (WHR) को सत्कर्म : अग्रमोर्चाका स्वास्थ्यकर्मीहरुलाई स्वस्थ भोजन

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ५।

मानव अधिकारका लागि महिला ,एकल महिला समुह (WHR)  ले काठमाण्डौ १२ वटा अस्पतालका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई दैनिक रुपमा स्वस्थ भोजन अभियान संचालन गरिरहेको छ।

बुढानिलकण्ठ नगरपालिका वडा नं ७ मा रहेको छहारी भवनमा ताजा खाना तयार गरेर काठमाण्डौका बिर अस्पताल , कान्ति बाल अस्पताल,गंगालाल हृदय रोग केन्द्र ,प्रसुती गृह ,ओम अस्पताल ,स्वास्थ्य चौकी बुढानिलकण्ठ ,टेकु अस्पताल ,नेपाल मेडिकल कलेज ,मेट्रो अस्पताल ,नेसनल अस्पताल र नेपाल भारत मैत्री अस्पतालमा कोभिड -१९ विरामीहरुको सेवामा सक्रिय रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरुलाई निरन्तर वितरण गर्दै आएको मानव अधिकारको लागि महिला, एकल महिला (WHR) की  संस्थापक अध्यक्ष एवं राष्ट्रिय मानवअधिकार आयाेग  सदस्य लिली थापाले जानकारी दिएकी छन।

कोरोना प्रकोपमा प्रत्यक्ष रुपमा विरामीहरुको प्रत्यक्ष सेवामा अहोरात्र खटिरहेका डाक्टर,नर्स,सरसफाई कर्मचारी ,एम्बुलेन्स चालक,शव व्यवस्थापनमा सक्रिय कर्मचारीहरुका लागि दैनिक तातो र ताजा भोजन उपलव्ध गराउने अभियान शुरुवातका पछाडी हप्तौ सम्म आफ्नो घर परिवार बाट टाढा रहेर पनि जनताको सेवामा लाग्ने योद्दाहरुलाई सम्मान गर्नु आफ्नो दायित्व सम्झेको थापाको धारणा रहेको छ।

एकल महिला (WHR) को यस अभियानमा धेरै संघ संस्था तथा ब्यक्तिहरुले सहयोग गर्दै आएको छन भने अन्य संघ संस्थाले पनि सहयोग गर्ने सक्ने जनाइएको छ।

यस अभियानमा सहयोग गर्न चाहाने महानुभावहरुहरुका लागि :

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।