कीर्तिपुर नगरपालिकामा कोरोना संक्रमितको संख्या ७ सय ९९ पुग्यो वडागत बिवरण सहित

कपन अनलाइन

काठमाडौं, जेठ ५। कीर्तिपुर नगरपालिकामा दोस्रो लहरको कोरोना  बाट संक्रमित भएका विरामीको संख्या हाल सम्म ७९९ जना पुगेको छ ।जसमा महिला  ३३८ र पुरुष ४६१जना रहेको नगरपालिकाले जनाएको छ। संक्रमित मध्ये ७३३ जना होम आइसोलेसनमा रहेको र अस्पतालको आइसोलेसनमा ३३ जना रहेको जनाएको छ । त्यसैगरि हाल सम्म नगरपालिकाका २८ जनाको  कोरोना संक्रमणका कारण मृत्यु भएको उल्लेख गरिएको छ ।

संक्रमित विरामीको संख्या प्रत्येक वडाको यस प्रकार रहेको छ ।

कीर्तिपुर नगरपालिका वडा नं १ मा ७५ जना

वडा नं २ मा १२५ जना

वडा नं ३ मा ६० जना

वडा नं ४ मा ६२ जना

वडा नं ५ मा ८७ जना

वडा नं ६मा ५५ जना

वडा नं ७ मा ५६जना

वडा नं ८ मा ५३ जना

र वडा नं ९ मा १३१ गरि कुल संक्रमित ७९९ जना भएको जनाएको छ ।पछिल्लो २४ घन्टामा कुल १६५जनाको कोरोना परिक्षण गरिएकोमा ७५ जनाको पोजेटिभ आएको समेत उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।