-यापिड रेस्पाेन्स टीम मार्फत संक्रमितलाइ स्वास्थ्य सामग्री प्रदान गर्दै कीर्तिपुर ४

-यापिड रेस्पाेन्स टीम मार्फत संक्रमितलाइ स्वास्थ्य सामग्री प्रदान गर्दै कीर्तिपुर ४

कपन अनलाइन

काठमाडौं ,जेठ ५।  कीर्तिपुर नगरपालिका ४ वडा कार्यालयद्वारा स्वास्थ्य चौकी मार्फत कोरोना  संक्रमित वडाबासीका लागि  औषधि  र स्वास्थ्य सामाग्री वितरण गरिएको  छ । मंगलवार अपरान्ह  वडा कार्यालय परिसरमा वडा द्वारा गठित र्यापिड रेस्पोन्स टीमको  सक्रियतामा वडा नं४ मा  संचालित चम्पादेवी र बाहिरीगाउँ उप स्वास्थ्य  चौकी मार्फत संक्रमित भई आइसोलेशनमा रहेका वडाबासीलाई वितरण गर्न को लागि स्वास्थ्य सामग्री वितरण गरिएको हो ।

साथै संक्रमणको अग्रमोर्चामा रही निरन्तर समाचार संकलनमा खट्दै आएका  विरेन्द्र शाक्य “विविशा”लाई पनि वडा कार्यालयबाट पिपिई, फेसशील्ड, स्यानेटाईजर, मास्क र पल्स अक्सिमिटर प्रदान गरिएको रेस्पोन्स टीमका सल्लाहकार तथा वडा अध्यक्ष राजेन्द्र बानियाले जानकारी गराए  । कार्यक्रममा रेस्पोन्स टीमका सल्लाहकार तथा वडा अध्यक्ष राजेन्द्र बानिया, बद्री बुढाथोकी , रामकुमार खड्का, सुधन बस्नेत लगायत संयोजक  एवं वडा सदस्य सुरेन्द्र खनाल, अनिल बास्कोटा वडा सचिव अशोक  दाहाल र बालकृष्ण बास्कोटा लगायत कर्मचारीहरूको  उपस्थिति रहेको थियो  ।

फोटो : सामाजिक संजाल

 

 

तपाइँको प्रतिक्रिया ।