कोरोना रोकथाम केन्द्रित किर्तिपुर नगरपालिकाको कार्यपालिका बैठकका निर्णयहरु

कोरोना रोकथाम केन्द्रित किर्तिपुर नगरपालिकाको  कार्यपालिका  बैठकका  निर्णयहरु

कपन अनलाइन

काठमाडौं जेठ ५। किर्तिपुर नगरपालिकाको ९३औं कार्यपालिका बैठक  सम्पन्न भएको छ। जेठ ४ गते बसेको उक्त आकस्मिक कार्यपालिका बैठक दोस्रो लहरको कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा केन्द्रित रहेर निम्न निर्णय गरिएको नगर उप प्रमुख सरस्वती खड्काले जानकारी दिईन।

निर्णयहरु

१) ५ वटा पोर्टेबल भेन्टिलेटर र ५ वटा अक्सिजन  कन्सन्ट्रेटर खरिद गर्ने ।

२) दैनिक रुपमा ५०/६० वडा सम्म ठुला अक्सिजन सिलिन्डर भरिने गरि अक्सिजन उत्पादन क्षमता भएको अक्सिजन प्लान्ट खरिद गरि जडान गरिने ।

३) नगरपालिका संगको समन्वयमा त्रिभुवन विश्व बिद्यालयमा संचालित आइसोलेशन हाल नेपाल सरकार द्वारा नै संचालन भइरहेको र करिब भरिएको अवस्थामा नयाँबजार स्थित कवर्डहलमा आइसोलेशन सेन्टर स्थापना गर्ने ।

४) नगरपालिकाको सहयोगमा किर्तिपुर अस्पतालमा १८ बेडको आइसोलेशन वार्ड संचालन भईरहेकोमा २२ वटा आइसोलेशन बेड थप गरि ४० बेडको आइसोलेसन वार्ड संचालन गर्नको लागि प्रक्रिया अगाडी बढाउने निर्णय भएको जानकारी गराइएको छ ।

तपाइँको प्रतिक्रिया ।