नेसनल प्याव्सन काठमाण्डौको आयोजनामा नेपाली शिक्षकहरुका लागि तालिमको अवसर

कपन अनलाइन

काठमाण्डौ ,जेष्ठ ३।

नेसनल प्याव्सन काठमाण्डौको आयोजनामा नेपाली शिक्षकहरुका लागि तालिम हुने भएको छ। २०७८ जेठ ८ गते शनिबार आयोजना हुने तालिममा  कक्षा नर्सरीदेखी कक्षा ३ सम्मका सम्पुर्ण बिषय र कक्षा १ देखि १० सम्मका नेपाली शिक्षक शिक्षिकाहरुलाई तालिम प्रदान गरिएको छ।

तालिममा सहभागी हुन नेशनल प्याब्सन जिल्ला समिती, नगर समितिमा समन्वय गरेर आफ्नो बिध्यालयको नाम र सहभागी संख्या पठाउनका लागि  नेशनल प्याब्सन काठमाडौका अध्यक्ष  खडक बस्नेत तथा  उपाध्यक्ष तथा तालिम संयोजक मनोज अधिकारी (9851060528) लाइ सम्पर्क गर्नका लागि नेसनल प्याव्सन काठमाण्डौले आग्रह गरेको छ।

कक्षा नर्सरीदेखी कक्षा ३ सम्म “कोरोनाको समयमा बाल मानसिक स्वास्थ्य र एकीकृत सिकाई” बिषयको प्रशिक्षण बाल शिक्षा तथा मनोबिज्ञान विशेषज्ञ तथा पुस्तक लेखक सानू अमात्य र कक्षा एकदेखि १० सम्मको नेपाली बिषयको डा. राम प्रसाद ज्ञवाली, डा. देवी  नेपाल र डा. गणेश भट्टराईबाट प्रशिक्षणप्रदान गरिने तालिममा  ३०० जनासम्म सहभागी हुन सक्ने संयोजक मनोज अधिकारीले जानकारी दिएका छन।

तपाइँको प्रतिक्रिया ।